तक्दीर अधिकारी
सिड्नी । कोरोन भाइरस (कोभिड–१९) ले अप्ठ्यारोमा परेका अन्तर्राष्ट्रिय विद्यार्थी र अस्थायी भिषा बाहकका लागि अस्ट्रेलियन सरकारले जारी गरेको विशेष व्यवस्था अनुसार ‘अर्ली सुपर फन्ड रिलिज’ बारे इनोभेटिभ एशोसिएट्सका निर्देशक डिला खरेल र उनको कार्यालयले निःशुल्क परामर्श र सेवा दिने भएको छ ।
निर्देशक खरेलका अनुसार यो सेवा विशेषत नेपाली विद्यार्थीहरु जो अप्ठ्यारोमा परेका छन् उनीहरुलाई राहत पुगोस भनेर निःशुल्क परामर्श र सेवा दिन लागिएको हो । निर्देशक खरेलले भने, ‘यो झन्झटिलो प्राविधिक र कानुनी प्रक्रिया सहजीकरण गरी सहयोग थालनी गरिएको हो । यो सेवा अन्तर्राष्ट्रिय विद्यार्थी जुनै देशका भए पनि निःशुल्क नै परामर्श सेवा दिनेछौ ।
अस्ट्रेलियन सरकारले घोषणा गरेको विविध राहत प्याकेजबाट अन्तर्राष्ट्रिय विद्यार्थी र अस्थायी भिषाबाहकहरु लाभान्वित हुँदैनन । तर सरकारले कोभिड–१९ का कारणले रोजगारी गुमेका र आर्थिक रुपमा समस्यामा परेकाहरुलाई भने आ–आफ्नो संचय कोष आर्थिक वर्ष सन् २०१९ र २० का लागि बढीमा १० हजार डलर र आउँदो आर्थिक वर्ष २०२० र २१ मा १० हजार डलरसम्म झिक्न पाउने व्यवस्था गरिदिएको इनोभेटिभ एशोसिएट्सका निर्देशक खरेलले जानकारी दिए ।
निर्देशक खरेलले भने, ‘अस्ट्रेलियामा संचय कोषसम्वन्धी नियम, यसको संचय गर्ने विधि, लगानी विधि र प्रयोग गर्न पाउने नीति र व्यवस्था अत्यन्त कठिन, जटिल कानुनी र प्राविधिक विषय हो । यस क्षेत्रका दर्तावाला दक्ष लेखापाल, वित्तीय परामर्शदाता र विशेष संचयकोष परामर्शदाताहरुले मात्र योसम्बन्धी सरसल्लाह र सेवा प्रदान गर्न पाउने व्यवस्था छ । यो सरसल्लाह र सेवा इनोभेटिभले निःशुल्क उपलब्ध गराएको छ ।’
इनोभेटिभ एशोसिएट्स सन् २०१० मा स्थापना भई अस्ट्रेलिया भर नै (कर, लेखा, कर्जा, वित्तीय र विमा) सेवा प्रदान गर्दै आइरहेको लेखा फर्म हो । करिव १२ जना लेखापाल तथा वित्तीय परामर्शदाताको समुहले सिड्नी, मेलवन, एडिलेड र तस्मनियामा प्रत्यक्ष सेवा दिदै आइरहेका छ ।
सेवा लिन चाहनेले फोन :- ०२- ८५९२११६५ सिड्नी , ०३ – ६२००८५५४ तास्मानिया र मो :- ०४३४३९२३४७ इ : info @innovativeassociates .com .au / dilakharel @gmail .com सम्पर्क गर्न सकिन्छ ।






