काठमाडौं- नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको मंगलबार बिहान निधन भयो । रोगले एक्कासी च्यापेपछि मध्यरातमा कोइरालाको निधन भयो । उनको निधनले देश तथा विदेशमा रहेका नेपालीहरु आश्चार्य चकित भए । निधनको खबरलगत्तै उनको निवास महाराजगञ्जमा ठूलो संख्यामा नेता कार्यकर्ता पुगेका थिए । कोइरालाको पार्थिव शरीर श्रद्धाञ्जलिका कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखियो । कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गर्न कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकको पार्टी केन्द्रीय कार्यालय सानेपामा भीड लागेको छ ।
तस्बिरहरु : रासस

अलबिदा सुशील’दा [फोटो फिचर]






