आकाश भण्डारी-
भनिन्छ “आफु जन्मेको ठाउँ स्वर्ग भन्दा प्यारो हुन्छ”। त्यसैले आफु जन्मेको ठाउँमा कुनै आपत विपत आइपर्दा एकले अर्कोलाई सहयोग गर्ने गरेको उदाहरण सुन्न,हेर्न र पढ्न पाईन्छ ।
“दु:खमा जैसिथोक समाजको साथ” भन्दै जैसिथोक समाज गुल्मी काठमाण्डौले पनि आफु जन्मेको ठाउँमा आर्थिक सहयोग गर्ने भएको छ ।विश्व भरी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट बच्न सरकारले लकडाउ घोषण गरेसँगै विशेष गरी दैनिक मजदुरी गरी छाक टार्ने परिवार प्रत्यक्ष मर्कामा परेका छन् । सोहि कुरालाई ध्यानमा राख्दै समाजका भुपु अध्यक्ष राजन प्रसाद पोख्रेलले संस्थाका बिभिन्न पदाधिकारीबाट करिब ९० हजार संकलन भएको र दैनिक ज्यालादारी गर्ने र अति विपन्न परिवारलाई उक्त रकम धुर्कोट गाउँ पालिकाका अध्यक्ष भुपाल पोखरेल तथा वार्ड अध्यक्ष मानबहादुर कुँवर लगायतको रोहवरमा धुर्कोट गाउँ पालिका – ४ जैसिथोकका विपन्न वर्गहरूलाई पारदर्शी तरिकाले वितरण गर्ने सामाजि संजाल फेसबुक मार्फत जानकारी गराएका छन् ।
जसअनुसार डा.आकाश पोखरेल र सल्लाहकार बावुराम पोखरेलले १०-१० (दस) हजार सहयोग गर्ने भएका छन् । त्यस्तै योगेश पोख्रेल,सल्लाहकारहरु ईश्वरी पोख्रेल, यमलाल खनाल, धुर्ब पोख्रेल,अध्यक्ष ईन्द्र पोख्रेल भुपु अध्यक्ष राजन प्रसाद पोख्रेल,डिवि पोख्रेल,वरिष्ठ उपाध्यक्ष कृष्ण भण्डारी,उपाध्यक्ष राजेश पोख्रेल तथा सुर्य पोख्रेलले ५-५ (पाँच) हजार सहयोग गर्ने भएका हुन । साथै समाजका पुर्ब अध्यक्ष ठाकुर प्रसाद पोख्रेल सचिब रोमाकान्त पोख्रेल कोषाध्यक्ष गोकर्ण भण्डारी संञ्जय पोख्रेल, दिनेश पोख्रेल र पिताम्बर पोख्रेलले प्रति व्यक्ति २५०० (दुई हजार पाँच सय) सहयोग गर्ने भएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यू एच ओ) ले महामारी घोषणा गरेको कोरोना भाईरसले गर्दा बिश्वका सयौ उध्योग ,कलकारखान बन्द हुदा लाखौ मजदुर मारमा परेका छन् भने कोभिड-१९का कारण १९९ वटा देशबाट करिब ७३९३८५ संक्रमित भएका छन् भने अहिले सम्म ज्यान गुमाउनेको संख्या ३५०१९ रहेको छ ।






