यूकेमा कोरोनाको चपेटामा नेपाली विद्यार्थी,कहाँ छन् ३ सय संघ सस्था?

जीवन के गाँउले
लण्डन। अहिले विश्वमा कोरोना भाइरसले आतंक मच्चाएको बेला हामी बेलायतवासी नेपाली पनि अछूतो छैनौं। हामी सबैको मनमा डर, त्रास र कतिपय त यसबाट संक्रमित पनि छौं होला। नेपालबाट बेलायत उच्च शिक्षा हासिल गर्न आएका विद्यार्थीहरू अहिले कोरोनाको चपेटामा परेका छन्।
हालसम्म मैले देखेको मध्येमा हामी सम्पूर्ण विदेशीएका विदेशी नेपालीहरू ९९% मध्यमवर्गीय नै छौं। हिजो तपाई हामी पनि त्यहि स्टेज पार गरि आएका हौं। आफ्नो अतीतलाई कहिलै नर्विसौं। हिजोका दिनमा कतिका लागि तिनै विद्यार्थी आयश्रोत थिए भने कति रगत,पसीना चुस्ने ब्वांसो बनेका थिए। कुरा आयो नेपालबाट आउंदा देखाएको बैंक ब्यालेन्सको । यदि तपाईं हामी यहाँ नभएर नेपालमै भएको भए जसरी बिदेशीयका आम विद्यार्थीले गरेका छन् त्यसरी नै गर्ने थियौं ।
हामी बेलायती नेपालीका छोराछोरीहरूले उच्च शिक्षा लिंदा ९५-९९% स्टुडेन्ट लोनमै पढदछौं । फरक यति हो, यहाँका विद्यार्थीलाई सरकारले ऋण दिन्छ नेपालबाट आएकाले आफै कमाएर तिर्छन्। त्यसैले नेपालबाट पढन आएका विद्यार्थीलाई घृणा हैन सकिन्छ सहयोग गरौं सकिंदैन हौसला दिऊं।
बेलायतमा ३०० भन्दा बढी संघ संगठनहरू छन् विद्यार्थीप्रति मैले तेती धेरै कसैको अग्रसरता देख्दिनं । नेपालीको छाता संगठन कसलाई भन्नु विद्यार्थी कुनै संगठनमा अटाउंदैनन्। बिचरा दु:ख पाएका विद्यार्थी कत्रो आशमा हुन्छन्, तर के गर्ने छाहारी बिनाको रूख जस्तै हुन्छन्।
हाम्रा बेलायती समाजसेवीहरू भाषण र फेसबुकका भित्ताहरूमा भन्छन् यो र त्यो गर्छु भनेर तर ब्यबहारमा भने कमै मात्रै लागू हुन्छ। खोक्रो समाजवादी हुन सबैलाई मन लाग्छ, रियलमा सहयोग गर्ने धेरै कम हुन्छन्।
दु:ख पर्दा सकिन्छ सबैलाई सहयोग गरौं भोली कस्ले देखेको छ र, पालो तपाई हाम्रो पनि आउन सक्छ। मेरो यो १२ बर्षको भित्रको भोगाइ र देखेको कुरालाई शब्दमा उतारेको मात्र हो । यदि कसैलाइ ब्यक्तिगतरूपमा ठेस पुगेमा क्षमा चाहन्छु।