सिड्नीमा एएसएपी हेरिटेज अफ फेसन शो भव्यरुपमा सम्पन्न

तक्दीर अधिकारी
सिड्नी । एएसएपी ईन्टरटेन्मेन्टको आयोजनामा हेरिटेज अफ फेसन सिड्नी अष्ट्रेलिया सम्पन्न भएको छ । हेरिटेज अफ फेसन शो मार्च १४ मा सिड्नीको सोफेटल होटलमा सम्पन्न भएको हो । फेशन शोमा अन्तर्राष्ट्रिय मोडलहरुबाट नेपालको कला र संस्कृतिको विश्व समुदायमा पहिचान गरिएको थियो । एएसएपी ईन्टरटेन्मेन्टको निर्देशक सन्तोष अधिकारीले दिएको जानकारी अनुसार कार्यक्रमको टिकट बिक्रीबाट उठेको रकमको केही अंश अष्ट्रेलियन रुलर फाइर फाइटरलाई उपलब्ध गराइने छ ।

लगभग तीन सय दर्शकको उपस्थितिमा सम्पन्न भएको उक्त फेसन शोमा नेपालीलगायत चीन, भार फिलिपिन्स, दक्षिण अमेरिका, इंग्ल्याण्ड र युरोपलागायतका मोडेलले सहभागिता जनाएका थिए । विवेक खतिवडाले प्रस्तुत गरेको कार्यक्रममा नेपाली फेशन क्षेत्रमा छुटै उचाइ बनाउन सफल फेसन डिजाइनर प्रशान्त ताम्राकारको उपस्थिति थियो ।

बिभिन्न नेपाली कला संस्कृतिका कार्यक्रममा सक्रिय एएसएपी ईन्टरटेन्मेन्टले नेपाली पोशाक र नेपाली कला संस्कृतिलाई प्रवासमा प्रवद्र्धन गर्ने र नेपालका कलाकारलाई नेपाली भेषभुषासहित –याम्पमा उतार्ने उद्देश्यसहित हेरिटेज अफ फेसन सिड्नी अष्ट्रेलिया २०२० आयोजना सिड्नीमा आयोजना गरिएको निर्देशक अधिकारीले जानकारी दिए ।