धनगढी, २४ चैत । जिल्ला अदालत कैलालीले एक बालिकालाई बलात्कार गरेको अभियोगमा मुद्दा खेपिरहेका गोदावरी गाविस–३ का जगुवा पार्कीलाई १३ वर्ष कैद सजायको फैसला सुनाएको छ । सो अदालतका अतिरिक्त जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासेनीको इजलासले सोमबार उक्त फैसला सुनाएकोे हो । चौध वर्षमुनिकी ती बालिकालाई बलात्कार गरेको अभियोगमा बलात्कारको महलबमोजिम आठ वर्ष कैद र पीडित बालिका अपाङ्गसमेत भएकाले सोही ऐनबमोजम थप पाँच वर्ष कैदसमेत गरी निजलाई १३ वर्ष कैदको फैसला सुनाएको अदालतका स्रेस्तेदार जगदीश भट्टले बताउनुभयो । जिल्ला अदालतमा पार्कीविरुद्ध गत माघमा मुद्दा दर्ता भएको थियो ।
बलत्कारीलाई १३ वर्ष कैद






