पण्डितले उत्तर अमेरिकाको हिमाल चढ्ने

काठमाडौँ, २३ चैत । नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले हिमाल आरोही सञ्जय पण्डितलाई आज सम्मान गरेको छ । सगरमाथादेखि युरोपको एम्बुस, अफ्रिकाको किलेमान्जेरो, अस्ट्रेलियाको कोसिउस्को र दक्षिण अमेरिकाको एकोन्कागुवा हिमाल चढ्नुभएको उहाँलाई रु ५० हजार र प्रमाणपत्रबाट सम्मान गरिएको हो । सम्मान कार्यक्रममा नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पाले उहाँलाई अरु दुई महादेशका उच्च हिमाल चढेर विश्व कीर्तिमान कायम राख्न शुभकामना दिनुभयो । आरोही पण्डितले आगामी जुन महिनामा उत्तर अमेरिकाको हिमाल चढ्ने जानकारी दिनुभयो ।