ओलीविरुद्ध मोर्चासँग कांग्रेस–माओवादीको बैठक

deuba-prachandaकाठमाडौं, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्तावको पक्षमा समर्थन जुटाउन कांग्रेस–माओवादीले बिहीबार मधेसवादी दलहरुसँग सिंहदरबारमा बैठक बसेको छ ।

प्रमुख दलहरु बिहीबार सहमति जुटाउन असफल भएपछि कांग्रेस–माओवादीले ओलीविरुद्ध मोर्चा बलियो बनाउन मधेसवादीसँग बैठक भएको हो ।

बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र संघीय गठबन्धनका सदस्य दलहरु मधेसी मोर्चाका नेता सहभागी भए ।

माओवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउनका लागि सहयोग गर्न दुई दलले मधेसी दललाई आग्रह गरे ।

मधेसी मोर्चाका नेताहरुले भने आफूहरु केपी ओली नेतृत्वको सरकार ढाल्न कांग्रेस–माओवादीलाई सहयोग गर्न तयार भएपनि सरकारमा जानेबारे तत्काल योजना नबनाएको बताएका थिए ।