
काठमाडौं- तराई-मधेसमा आन्दोलनरत् मधेसी मोर्चाले आन्दोलनका नयाँ कार्यक्रम घोषणा गरेको छ ।
मोर्चाले शनिबार विज्ञप्ति जारी गर्दै पुस २८ गतेदेखि माघ ७ गतेसम्मका लागि नयाँ चरणको आन्दोलन घोषणा गरेको हो ।
मोर्चाले संविधान संशोधन विधेयक मान्य नहुने भन्दै सरकार वार्ताका विषयमा गम्भीर नभएको आरोप लगाएको छ ।
सीमानाकामा गर्ने अवरोधलाई निरन्तरता दिने निर्णय गर्दै मोर्चाले विरोध सभा, जुलुस, फोटो र वृत्तचित्र प्रदर्शनीलगायतका कार्यक्रम सन्चालन गर्ने विज्ञप्तिमा जनाएको छ ।






