हेरिटेज अफ फेसन २०२० सिड्नी साउथ एसिया अडिसन फेब्रुअरीको पहिलो साता

तक्दीर अधिकारी
सिड्नी । हेरिटेज अफ फेसन २०२० सिड्नी साउथ एसिया को अडिसन फेब्रुअरी १ र २ मा आयोजना हुने भएको छ । असाप इन्टरटेन्मेन्टले आयोजना गरेको उक्त कार्यक्रम सिड्नीको ब्लु बे कलेज पारामाटामा हुने आयोजकले जनाएका छन् । अस्ट्रेलियामा हालै भएको आगलागीबाट प्रभावित र पोखरा साराङकोटका क्यान्सर पीडितको सहयोगार्थ कार्यक्रम आयोजना गर्न लागिएको मुख्य आयोजक असाप इन्टरटेन्मेन्टका निर्देशक सन्तोष अधिकारीले जानकारी दिए ।

कार्यक्रममा नेपाली कलाकारद्वारा नेपाली पोसाक तथा नेपाली सांस्कृतिक प्रस्तुति रहने जनाइएको छ । कार्यक्रमले नेपाली कला तथा संस्कृतिको संरक्षण तथा प्रर्वद्धनाको उद्देश्य राखिएको निर्देशक अधिकारीले बताए ।

फेब्रुअरी ३१ मा सम्पन्न हुने उक्त कार्यक्रममा फेसन आईकन प्रशान्त ताम्रकार, गायक धिरज राई, गायिका प्राप्ती, ड्रेस डिजाईनर अमितेश कर्ण तथा सुनिता चौलागाई लगायतहरुको प्रस्तुती रहने छ । कार्यक्रममा गायक धिरज राईको अभियान बुद्ध वाज बर्न ईन नेपालबारे पनि चर्चा गरिने निर्देशक अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *