अष्ट्रेलिया एनएडिएफको नेतृत्व सापकोटालाई, सभामा नेतालाई कडा प्रतिकृया

तक्दीर अधिकारी

सिड्नी । नेपाल अस्ट्रेलियन डेमोक्रेटिक फोरम (एनएडिएफ) को सिड्नीमा साधारणसभा सम्पन्न भएको छ । एनएडिएफको यो १० औं साधारणसभा हो । साधारणसभाले सुरेन्द्र सापकोटालाई अध्यक्षमा चयन गरेको छ । समितिको उपाध्यक्षमा माधव गैरे र हरिभक्त अधिकारी निर्विरोध भए । यस्तै महासचिवमा भीष्म भण्डारी, सचिवमा सत्यप्रकाश कँडेल, कोषाध्यक्षमा प्रज्वल भट्टराई, समाजिक एवं सांस्कृतिक संयोजकमा अन्जना बस्नेत कार्की , पब्लिक अफिसरमा हरि अधिकारी, युवा संयोजकमा मनोज आचार्य निर्विरोध निर्विरोध भए ।

कार्यक्रममा निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक सुरेन्द्र सिग्देलले पद तथा गोपनियताको सपथ गराएका थिए ।
एनएडिएफको अधिवेशनमा सहभागी हुन नेपालबाट झन्डै आधा दर्जन कांग्रेसका नेता तथा कार्यकर्तालाई आमन्त्रण गरिएको थियो । कार्यक्रममा पूर्वमन्त्रीहरु डा. नारायण खड्का, नारायण प्रकाश (एनपी) साउद, विद्यार्थी नेता सरोजकुमार थापा, भानु सिग्देल, मञ्जु खाँण, हरिहर विराही, कविर राणालगायत थिए ।

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले विदेशमा रहेका प्रवासी नेपालीलाई दोहोरो नागरिकताको सवालमा नेपाली कांग्रेसमा डटेर लाग्ने बताए । अर्का पूर्वमन्त्री एनपी साउदले प्रवासमा रहनुभएका नेपालीहरूले नेपालको राजनीतिकर्मीहरूलाई प्रवासबाट सजग गराउनुपर्नेमा जोड दिए । यस्तै, पत्रकार हरिहर विरहीले नेपाली प्रेसले फेरि स्वतन्त्रताको अर्को लडाइ लड्नुपर्ने बेला आएको बताएका थिए । मुलुकमा सरकारको तर्फबाट प्रेसलाई बन्धक बनाउने खेल हुन थालेकोले यसमा प्रवासबाट पनि आवाज उठाउनु पर्ने समय आएको उनको धारणा थियो । अर्का पत्रकार कविर राणाले प्रजातन्त्रविना प्रेस स्वतन्त्रता सम्भव नभएको तर्क राखे भने अस्ट्रेलियास्थित नेपाली दूतावासकी प्रथम सचिव द्रुपदा सापकोटाले विदेशमा रहेका संघ–संस्था नेपालीहरुलाई एकताको सुत्रमा बाँध्ने कडीको रुपमा रहेको बताएकी थिइन् ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्य परिषद् संयोजक देव गुरुङले अस्ट्रेलियामा रहेको नेपाली समाजलाई धेरै राजनीतिमा तान्न नहुने बताए । अस्ट्रेलियामा रहेका नेपालीलाई एकजुट बनाउनुपर्ने उनको तर्क थियो । उनले भने, ‘प्रवासमा रहेका नेपालीलाई राजनीतिमा तान्दा विभाजन हुने खतरा रहेन उनले बताए । नेताहरुलाई अस्ट्रेलियाको नेपाली समाजलाई राजनीतिमा नतान्न म अनुरोध गर्दछु ।’

यस्तै छिरिङ लामाले समर्थन गर्दै तर फरक मत राख्दै भने, ‘अस्ट्रेलिया आएका पाहुनालाई स्वागत छ, उहाँहरुले भनेको कुरामा मेरो सहमति छैन, नेताले भाषण मात्र गर्ने होइन, यथार्थमा आउन अनुरोध गर्छु । नेताप्रति उनले असन्तुष्टि राख्दा सहभागीको ध्यानाकर्षण भएको थियो ।

साधारणसभामा एनएसडब्लुका महावाणिज्यदूत दीपक खड्का, अभियन्ता इन्द्रा वनले नयाँ कार्यसमितिका पदाधिकारीलाई शुभकामना प्रदान दिएका थिए । विद्यार्थी नेता सदस्य सरोज थापा, नेपाल किसान संघका केन्द्रीय अध्यक्ष भानु सिग्देल, महिला संघकी मन्जु खाणलगायतले पनि शुभकामना दिँदै प्रवासमा रहनु हुने नेपालीहरू बीचको एकतामाथि जोड दिए । एनएडीएफका महासचिव माधव गैरेले स्वागत गरेको कार्यक्रममा उपाध्यक्ष पूर्णनाथ घिमिरेले संस्थाको कार्य विवरण प्रस्तुत गरेका थिए । विवेक थापाले संस्थाको महत्वबारे प्रकाश पारे ।

कार्यक्रममा प्रमुख अतिथि नारायण खड्का तथा विशेष अतिथि एनपी साउद र अन्य अतिथिहरूलाई एनएडिएफका निवर्तमान अध्यक्ष विवेक थापाले मायाको चिनो प्रदान गरे । कार्यक्रममा निर्वाचन समितिका प्रमुख सुरेन्द्र सिग्देल, नेपाल पत्रकार महासंघ अष्ट्रेलियाका अध्यक्ष हेमन्त काफ्ले, बालचन्द्र भट्टराई, डिल्ली ढकाल र महेन्द्र लम्साल लगायतलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

एनएडिएफले नयाँ नेतृत्व छनोट गरिरहँदा नेपाली कांगे्रसको प्रवाशस्थित भ्रातृ संस्था नेपाली जनसम्पर्क समितिको विवाद छताछुल्ल छ । जनसम्पर्क समितिको यो विवादलाई कसरी मिलाउँछन् भन्ने कुरा महत्वपूर्ण हो । उनीहरुले त्यो विवाद मिलाए भने राम्रो हुन्छ यदि होइन भने कांगे्रसभित्र देखिएको यो विचलनले पार्टीलाई गम्भीर क्षति पु-याउने विश्लेषण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *