एनआरएनए न्यू साउथ वेल्सले गर्यो सामुदायिक सहकार्य अन्तरक्रिर्या, नेपाली व्यवसायी र संघसंस्था लाभान्वित

तक्दीर अधिकारी
सिड्नी । एनआरएनए अष्ट्रेलिया न्यू  साउथ वेल्स राज्य परिषदले यहाँ रहेका नेपाली व्यावसायीहरु र सामाजिक संघसंस्थाहरुसँग विशेष अन्तरक्रिर्या तथा छलफल गरेको छ ।
कम्युनिटी कोलाबोरेशन वर्कशप अर्थात सामुदायिक सहकार्य कार्यशाला नाम दिइएको सो कार्यक्रम शनिवार यस राज्मा रहेको नेपाली समुदायहरुको हकहित, चुनौति, अवसर, सहकार्यका विषयमा व्यापक छलफल गर्दै सम्पन्न भएको हो ।
एकआपसमा प्रतिस्पर्धा मात्र नभई सहकार्य गर्ने वातावरण सिर्जना गर्ने उद्देश्यका साथ व्यावसायी र संघसंस्थाहरु वीचमा विभिन्न ५ महत्वपूर्ण मुद्दामा रहेर अन्तरक्रिर्या सम्पन्न गरिएको एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्य परिषद्का संयोजक देव गुरुङले जानकारी दिए ।
यसअघि पहिलो चरणमा २०७६ सालमा आयोजित गोष्ठीको दोस्रो सिरिजको रुपमा रकडेलस्थित एभरेष्ट तन्दूरीमा २७ नोवेम्बर शानिवार विहान ९ बजेदेखि दिउँसो साढे तीन बजेसम्म कार्यक्रम गरिएको हो ।
जसमा घर तथा कार्यस्थलमा फैलिन सक्ने कोभिड संक्रमणको अवस्थालाई कसरी कम गर्ने, यहाँ रहेका नेपाली समुदाय, संघसंस्था तथा व्यावसायीहरुवीच सहकार्य विस्तार, कोभिड महामारीसम्बन्धित राहत लगायतका विषयमा छलफल भएको  एनआरएनए न्यू साउथ वेल्स राज्य परिषद्की सहसंयोजक सुकीर्ती भट्टले जानकारी दिइन् ।घर तथा कार्यस्थलमा कोभिड कसरी कम गर्ने भन्ने विषयमा न्यू साउथ वेल्स सरकारको तर्फबाट हङ कङले प्रशिक्षण दिएका थिए ।
त्यस्पछि विभिन्न ५ मुद्दाहरुः सामुदायिक गतिविधिहरु (खेलुकद, चाडपर्व, संस्कृति), व्यावसाय, महिला सशक्तिकरण, इमरजेन्सी र सस्टेनीबिलीटी अर्थात दिगोपनमा व्यापक छलफल भयो । उक्त उक्त टीममा भएका महिलाहरुले कार्यक्रमलाई गरेको सहजीकरणलाई विशेष रुपमा लिइएको थियो ।

एनआरएनए न्यू साउथ वेल्स राज्य परिषद् संयोजक देव गुरुङको अध्यक्षता रहेको सो कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदूत दुरपदा सापकोटाले प्रमुख अतिथिको रुपमा सम्बोधन गरेकी थिइन् ।

एनआरएनए आईसीसी उपाध्यक्ष मना केसी ,एनआरएनए ओसनिया क्षेत्रीय संयोजक होम पाण्डे, अष्ट्रेलिया अध्यक्ष नन्द गुरुङ, उपाध्यक्ष तथा न्यू साउथ वेल्स संयोजक देव गुरुङ, एनआरएनए अष्ट्रेलिया कोषाध्यक्ष अनिल पोखरेल, यू साउथ वेल्स सहसयोजक सुकीर्ति भट्ट, फेनका महासचिव तथा नेप्लिज अष्ट्रेलियन एसोसियसन अध्यक्ष मधुसुधन पुडासैनी, एन्टाका अध्यक्ष शवनम शाह, डा. किरण थापा लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा  व्ल्याकटाउन नेप्लिज कम्युनिटीका अध्यक्ष सीताराम घिमिरे, पेन्चस नेप्लिज कम्युनिटीका उपाध्यक्ष सवि सिँह महर्जन, रुपन्देही सामाजिक सन्जालका अध्यक्ष ईश्वर पोखरेल, एनआरएसीको अध्यक्ष सुवर्ण शर्मा, एनआरसीका पूर्व अध्यक्ष विष्णु हमाल, रुपन्देही समाजका अध्यक्ष, एन्जाका अध्यक्ष ऋषि आचार्य, नेपाली समाजका अगुवाहरु डा. नारायण प्रधान, इन्द्रा वन, अन्जु साह , डा. समिता गुरुङ, तिर्थ राज कार्की, एनएए पूर्व अध्यक्ष उमेश पन्त, साउथवेस्ट नेप्लिज कम्युनिटी महासचिव प्रेम शाह, एनआरएनए अष्ट्रेलिया सचिव सन्ध्या शाह, ओएनएफ प्रवक्ता सन्तोष दाहाल, दीपा जोशी, सबिना श्रेष्ठ, विकाश झा, सबला बस्नेत, सुजन सापकोटा, भवानी पराजुली, श्रद्धा विष्ट लगायत सहभागि थिए ।

सचिव विनोद कुँवर र कोषाध्यक्ष भावना श्रेष्ठले सञ्चालन गरेको कार्यक्रमको एनआरएनए एससीसी न्यू साउथ वेल्स संयोजक देव गुरुङ र सहसंयोजक सुकीर्ति भट्टले सहजीकरण गरेका थिए ।

नेप्लिज अष्ट्रेलियन एसोसियसनको सहकार्यमा सञ्चालित सो कार्यक्रममा फेनका तथा न्यू साउथ वेल्स सरकारले सहयोग गरेका थिए ।उक्त अवसरमा एनआरएनएले कोभिड महामारीको समयमा गरेको सहयोगात्मक मानवीय कामहरुको बारेमा तयार पारिएको वृतचित्र समेत प्रस्तुत गरिएको थियो ।