सुदूरपश्चिम समाज अस्ट्रेलियाद्वारा नेता एनपी साउद सम्मानित

तक्दीर अधिकारी

सिड्नी । नेपाल अस्ट्रेलियन डेमोक्रेटिक फोरम (एनएडिएफ) को १२ औं वार्षिक साधारणसभामा भाग लिन अस्ट्रेलियाको सिड्नीमा आइपुगेका  नेता तथा पूर्वमन्त्री नारायणप्रसाद (एनपी) साउद सम्मानित भएका छन् । उनलाई सुदूरपश्चिम समाज अस्ट्रेलियाले सम्मान गरेको हो । गत आइतबार सिड्नीमा सुदूरपश्चिम समाज अस्ट्रेलियाले नेता साउदलाई पुष्पगुच्छासहित खादा ओढाएर सम्मान गरेको थियो । कार्यक्रममा नेता साउदसँगै अस्ट्रेलिया आएका नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री सरोज थापा र किसान संघका केन्द्रीय अध्यक्ष भानु सिग्देल पनि सम्मानित भए ।

भेटघाटका क्रममा उनीसँग सहभागीले आफ्नो क्षेत्रमा भइरहेको प्रगति र विकास निर्माणबारेमा विज्ञासा राखेका थिए । छलफलका क्रममा सुदूरपश्चिम समाज अस्ट्रेलियाका संस्थापक सदस्यहरुले संस्थाको मुख्य एजेन्डा प्रस्तुत गरेका थिए । यसैक्रममा पूर्वमन्त्री साउदले आफ्नो मन्तव्य राख्दै आफ्नो देशबाट टाढा रहेर पनि विभिन्न व्यस्तताका बाबजुद समय निकाली यसरी आफ्नो क्षेत्रको संस्था सुदूरपशिचम समाजका व्यक्तित्वहरुबाट सम्मानित हुन पाउँदा एकदमै गौरव लागेको र यो संस्थालाई दीर्घकालीन रुपमा अघि बढाउँदै अस्ट्रेलियाका अन्य राज्यहरुमा पनि विस्तार गरिनुपर्ने सुझाव दिए ।

उनले आफ्नो क्षेत्रका विभिन्न रितिरिवाज, चाडपर्व र परम्परालाई बढवा दिनुपर्ने र त्यहाँको पर्यटन प्रवद्र्धनका लागि पनि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएको दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *