मिडल्यान्डमा कलाकार सिर्जु ,सन्ध्या र भीम पौडेलले सांगीतिक प्रस्तुति दिने

लन्डन । अंग्रेजी नयाँ बर्षको आगमन तथा नेपाल पर्यटन वर्ष २०२० को अवसरमा बेलायतको  मिडल्यान्ड स्थित प्रख्यात कलाकारहरुको माँझ भेटघाट तथा च्यारिटी कार्यक्रम आयोजना गर्ने भएको छ । १३ जनवरी अपरान्ह २ बजेबाट सुरु हुने उक्त कार्यक्रम राई फङ्सन हल ब्रमिङघममा हुने भएको हो।

साझा नेपाली समाजका अध्यक्ष महेश अधिकारीका अनुसार,मिडल्याण्ड क्षेत्रमा क्रियाशिल नेपाली संस्थाहरुको सहकार्यमा कार्यक्रम आयोजना गरिएको र लोकप्रिय कलाकारहरु सिर्जु अधिकारी, सन्ध्या बुढा (काउली बुढी), भीम पौडेलको प्रस्तुती रहनेछ। र डिजे हेम विष्ट रहने छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) मानार्थ सदस्य एबम नेपाली ‌समाज नटिगमका संस्थापक अध्यक्ष,रण केसीका अनुसार कार्यक्रममा नयाँ वर्ष शुभकामना संगै धन्यवाद ज्ञापनसमेत रहेको लन्डन नेपाल न्युजसँगको टेलिफोनमा बताए । केसीले कार्यक्रममा सहभागिताका लागि बेलायतवासी नेपाली समुदायसँग अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *