लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेकी अध्यक्ष पुनम गुरुङ लाई (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । उनले बुधबार आफ्नो रिपोर्ट पोजेटिभ आएको फेसबुक मार्फत जानकारी दिएकी हुन् ।अध्यक्ष गुरुङले स्वास्थ्य अवस्था सामान्य नै रहेको बताउदै सबै सतर्कता र सावधानी अपनाएर घरमै आइसोलेसनमा बसेको जनाएकी छन् । साथै पछिल्लो समय आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन आग्रह गरेकी छन् ।
उनको फेसबुकबाट जस्ताको तस्तै:
सम्पूर्ण मित्र एवम् आफन्तहरुमा नमस्कार
केही दिनअघि गराएको कोरोना परीक्षणमा मेरो रिपोर्ट पोजिटिभ प्राप्त भएको खबर आयो । तर अहिले मेरो स्वास्थ्य अवस्था सामान्य नै छ । भाग्यबस स्वास्थ्यमा कुनै पनि जटिलता भने देखिएको छैन ।
अहिले म सबै सतर्कता र सावधानी नियमहरु अपनाएर घरमै आइसोलेसनमा बसेकी छु । यस क्रममा अबको केही दिन मैले आरामका लागि छुट्याएकी छु । तसर्थ यस अवधिमा म टेलिफोन सम्पर्कमा उपलब्ध हुन असमर्थ रहने जानकारी गराउँदै मेरो स्वास्थ्य अवस्थाबारे अन्य माध्यमबाट अपडेटहरु गराउँदै जाने जानकारी गराउनेछु ।
साथै, हालैका दिनमा मेरो प्रतक्ष्य सम्पर्कमा आउनुहुने सबै आफन्त एवम् मित्रहरुलाई आवश्यक सतर्कता अपनाउनुहुन र कुनै लक्षण देखिएमा तुरुन्त परीक्षण गराउनुहुन म आग्रह गर्दछु । कृपया सबै जना जहाँ रहे पनि सुररक्षित सग बसौ ।
धन्यवाद
पुनम गुरुङ
अध्यक्ष, एनआरएनए यूके






