लन्डन। बेलायतमा दोस्रो पुस्ताकी स्नेहा शाक्य श्रेष्ठ पहीलो ब्यारेष्टर बन्नको लागि भर्खरै बेलायतको इनर टेम्पल बारको सदश्य भएकी छिन्। उनी यसै बर्ष सिटी ल कलेजबाट बार प्रोफेसनल ट्रेनिङ्ग कोर्स (बिपीटिसी) उच्च अंक (८०,४० %) प्राप्त गरि ब्यारेष्टर बन्न अन्तिम तयारी पुपिलेज गर्न योग्य भएकी छिन । अब केहि समय अन्य कानुनी फर्ममा कामको अनुभब प्राप्त गरि सके पछि उनि आफै प्रक्टिसिङ्ग ब्यारेष्टर बन्नेछिन।
यस अगाडी प्रोफेसर डाक्टर सूर्य सुवेदी क्युसी तथा देबेन्द्र श्रेष्ठ बेलायतमा ब्यारेष्टरको रुपमा कार्यरत छन् । स्नेहा चौतारा सिन्धुपाल्चोक स्थायी घर भएका पिता अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठ र बाग्लुंग मूल थलो भएकी आमा मिनु शाक्यसँगै करीव दुइ दशक पहिले बेलायत आएकी थिइन् । उनले कक्षा दुइ सम्मको शिक्षा नेपालमै हासील गरेर बाँकी अध्ययन बेलायतमा गरेकी थिइन् ।
स्नेहाले बिद्यालय शिक्षा वर्दिग र स्लाओ ग्रामर तथा उच्च शिक्षा युनिभर्सिटी अफ एसेक्सबाट एलएलबि, किंग्स कलेजबाट एलएलएम उतिर्ण गरेकी थिइन् । उनले लण्डनस्थित प्रशिद्ध किंग्स कलेजको एलएलएमको शोधका निम्ती नेपालमा निकै चर्चा पाएको कर्णेल कुमार लामाको बिषयमा अनुसंधान गर्न लामो समय नेपालका बिभिन्न स्थानमा गएर सरोकारवाला र बिज्ञहरुसँग कुराकानी गरेकी थिइन् ।
सानै उमेर देखि नै संगीतमा रुची भएकी स्नेहाले डरिग्टन हाइ स्कुल एक्स फ्याक्टरमा पहिलो स्थान, सन् २००८ मा लण्डनमा आयोजना भएको भ्वाइस अफ द एर नेपालमा पहिलो, युकेको एक्स फ्याक्टर लगायत दर्जनौ नेपाली, अंग्रेजी तथा भारतीय सांस्कृतिक कार्यक्रमहरुमा आफ्नो प्रतिभा देखाउदै आएकी छिन्। उनले संगीतकार अनिल शाही र न्ह्यु बज्राचार्यसंग चार वटा गीतहरु रेकर्ड गराएकी छिन् । भविष्यमा पनि पेशाका साथसाथै रुचिको रुपमा गायनलाई पनि अगाडी बढाउने उनले बताइन।






