तमुधिं यूकेले १९ औं ल्होछार धुमधाम मनाउँदै

शिब भण्डारी

लन्डन । तमु धीं युकेले सदा झैं यस वर्ष पनि आगामी डिसेम्बर २८ तारिख शनिबार रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्समा तमु (गुरुङ) हरुको मौलिक, सांस्कृतिक एवं ऐतिहासिक नेपाली हरुको महान पर्व ल्होछार‘भव्यताका साथ मनाउने तयारी गरेको छ । तमुधिं यूकेको यो १९ औं ल्होछार हो ।

ल्होछारलाई भव्य बनाउनका लागि चर्चित कलाकारहरु राजन गुरूङ,तारा सिरिश तथा तिलक गुरूङले सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । गत आइतबार १ डिसेम्बरमा मिचेटस्थित तमुधिं भवनमा बसेको बैठकले ल्होछार भव्यरुपमा मनाउने निर्णय गरेको हो ।

बैठकमा तमुधिं युकेका वरिष्ठ उपाध्यक्ष एवं ल्होछार संयोजक हित काजी गुरुङले ५१ सदस्यीय ल्होछार वर्किङ्ग कमिटी गठन गरिएको जानकारी गराउँदै ल्होछारलाई भव्य रुपमा सफल बनाउनुपर्नेमा जोड दिए ।

डिसेम्बर २८ मा रिडिङको रिभरमेन्ड लिसोर कम्पेक्समा आयोजना हुने उक्त  कार्यक्रमको प्रवेश शुल्क १५ पाउन्ड तोकिएको छ । बच्चाहरुका लागि १० पाउन्ड शुल्क राखिएको छ। कार्यक्रममा सहभागी हुनका लागिअल्टर्सट, फ्रनवर्ग, क्यानबेरी, लन्डन र प्लमस्टिटबाट बस सेवा उपलब्ध गराएको र यस बर्ष फरक प्रस्तुती दिने र सकेसम्म सबै नेपाली समुदायलाई समेट्ने प्रयास रहेको तमुधिं युके अध्यक्ष नन्दजङ्ग गुरुङले जानकारी दिए ।

कार्यक्रमबारे दुविधा भए तमुधिं अध्यक्ष नन्दजङ्ग  गुरुङ (०७८१०३७३२३१), संयोजक तथा तमुधिं उपाध्यक्ष हितकाजी गुरुङ (७४११५७६३९८) र महासचिव तुलाराम गुरुङ (०७८८२०३२५८०) मा सम्पर्क गर्न सकिने आयोजकहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *