सिड्नीमा नेपथ्यको लाईभ कन्सर्टको भब्य तयारी

तक्दीर अधिकारी

सिड्नी । नेपाली लोक आधुनिक सांगीतिक क्षेत्रमा बेग्लै उचाई र विशिष्टता कायमगर्न सफल सांगीतिक समुह नेपथ्यले सिड्नीमा आफ्नो प्रस्तुती देखाउने भएको छ ।

नेपालको चर्चित सांगीतिक ब्याण्ड नेपथ्यको सांगीतिक यात्रा अस्ट्रेलियाका बिभिन्न राज्य हुँदै डिसेम्बर १४ मा सिड्नीमा हुने भएको हो । ‘नेपाली टच’ अस्ट्रेलियाको आयोजनामा ‘नेपथ्य लाइभ इन सिड्नी–२०१९’ नाम दिइएको सो सांगितिक कार्यक्रम सिड्नीको विग टप लुना पार्कमा हुने भब्य तयारी गरिएको छ ।

होबर्टमा डिसेम्बर ८ तारिक प्रस्तुती दिए पछि डिसेम्बर १४ का लागि नेपथ्य सिड्नी आउने तयारी गरेको हो । नेपथ्यको अन्तिम प्रस्तुती डिसेम्बर २३ तारिक मेलवर्नमा हुने नेपाली टचका संयोजक दिपश पुनले जानकारी दिए । संयोजक दिपश पुनका अनुसार नेपथ्य ब्याण्ड सोमबार ताजमानियाबाट सिड्नीका लागि प्रस्थान गर्नेछ । विग टप लुना पार्कमा आयोजना हुने कार्यक्रमबारे बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराइने भएको छ ।

‘नेपथ्य लाइभ इन सिड्नी–२०१९’ शनिबार आयोजना हुनेछ । एक्सपर्ट एजुकेशनको मुख्य प्रायोजनमा हुने उक्त्त कन्सर्टको लागि सिड्नीमा रहेका कलाकारहरुको पनि प्रस्तुती रहने संयोजक पुनले लन्डन नेपाल न्यूजलाई बताए ।

गायक अमृत गुरुङका फरक शैलीका गीतहरु दर्शक माझ निकै चर्चित छन् । होबर्टमा भएको कार्यक्रममा ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’ गीत चर्चाको शिखरमा रह्यो । नेपथ्यको देश देखि विदेशसम्म निकै उल्लेख्य दर्शकहरुको भिड हुने गर्छ । नेपाली टचको संयोजनमा नेपथ्यले अस्ट्रेलियामा यसअघि पनि निकै भब्य कन्सर्टहरु गरिसकेको छ । नेपाल आइडललाई अस्ट्रेलिया ल्याएर नेपाली टचले सफल कार्यक्रम गरिसकेको छ ।

पप गितलाई लोक लय र नेपाली मौलिक लोकगितलाई लोक रक लयमा ढालेर नेपालीगित संगितलाई अन्तराष्ट्रियकरण गर्दै आएको चर्चीत नेपथ्य व्याण्डको सिड्नीमा हुने लाईभ कन्र्सटको तयारी पुरा भएको कार्यक्रमका आयोजकले बताए । आयोजकले कार्यक्रममा सहभागिताका लागि सबैमा अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *