कञ्चनपुर, आषाढ १२ । सरकारले आफुहरुले उत्पादन गरेको दुध नकिनेको भन्दै कञ्चनपुरका कृषकहरुले चक्का जाम गरेर सडकमा दुध पोखेका छन् । शनिबार बिहान सुडामा रहेको श्री शुक्लाफाँटा उन्नत गाई–भैँसी दुग्ध उत्पादक समितिले आधा घण्टा पूर्व पश्चिम राजमार्ग बन्द गरेर दुई हजार लिटर दुध सडकमा पोखेका हुन् ।
नेपाल दुग्ध विकास संस्थानले सम्झौता अनुसार दुध खरिद नगरेको कृषकहरुको आरोप छ । समिति र दुग्ध विकास संस्थानबीच मासिक १२ हजार लिटर दुध खरिद गर्ने गर्ने सम्झौता भएपनि संस्थानले जेठदेखि सम्झौता अनुसार दुध नकिनेको श्री शुक्लाफाँटा उन्नत गाई भैँसी दुग्ध उत्पादक समितिका अध्यक्ष रघुबर लेखकले जानकारी दिए ।
सरकारी निति अनुसार आफुहरुले लाखौँ खर्च गरेर पशुपालन गरेपनि उत्पादित दुध खरिद नगर्दा आफुहरु समस्यामा परेको स्थानिय कृषकहरु ले गुनासो गरेका छन् । नेपाल दुग्ध विकास संस्थानले कञ्चनपुरको सुडा, बेलौरी र पूर्नबास क्षेत्रबाट दुध संकलन गर्दै आएको छ । भूकम्पका कारण राजधानीमा दुधको माग घटेकोले सम्झौता अनुसार दुध संकलन गर्न नसकिएको नेपाल दुग्ध विकास संस्थान अत्तरियाका प्रमुख हेमचन्द्र पौडेलले जानकारी दिए ।
कृषकको दूध सडकमा






