एनआरएनए अस्ट्रेलियाले गर्यो-अग्नि पीडितलाई १५ हजार डलर सहयोग

तक्दीर अधिकारी

सिड्नी । न्यू साउथ वेल्सको झाडी बाट सुरु भएको आगलागीबाट पीडित बनेकाहरुका लागि एनआरएनए अस्ट्रेलियाले १५ हजार डलर सहयोग गरेको छ ।

अस्ट्रेलियामा झन्डै एक सातादेखि सुरु भएको आगलागी नियन्त्रणको प्रयास भइरहँदा गैरआवासीय नेपाली संघ (एनआरएनए) सहयोगमा जुटेको हो । एनआरएनएले ‘हाम्रो दोस्रो घर जल्दैछ, आउँ हातेमालो गरौं, सकेको सहयोग गरौं’ भन्ने सहयोग अभियान चलाएको हो ।

गत १० नोभेम्बरमा एनआरएनए अस्ट्रेलिया सहयोगमा जुटेको गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका कोषाध्यक्ष तथा इमर्जेन्सी फन्ट राइजिङ क्याम्पिनिङका संयोजक अनिल पोखरेलले जानकारी दिए । संयोजक पोखरेलले दिएको जानकारीअनुसार यो अभियान अन्तर्गत १० हजार डलर संकलन गर्ने लक्ष्य राखिएको थियो । तर दाताबाट १५ हजार डलरभन्दा बढी संकलन भयो । यो अभियानलाई ‘गो फन्ड मी’ नाम दिइएको छ । यो अभियान बिहीबार मध्यरातसम्म सञ्चालन हुने कोषाध्यक्ष पोखरेलले बताए ।

एनआरएनए अभियानको लक्षित सहयोग रकम दुई दिनमै संकलन भएको थियो । संयोजक पोखरेलले भने, अस्ट्रेलियालाई परेको यो दैविक प्रकोप हामी टुलुटुलु हेरेर बस्न सक्दैनौं, सहयोग गर्नु हाम्रो पनि कर्तव्य हो । त्यसैले हामीले सहयोग अभियान सञ्चालन गरेका हौं ।’

यो अभियानबाट संकलित रकम नेपाली समुदायबाट तर्फबाट एकमुष्ठ हस्तान्तरण गरिनेछ। भोलि शुक्रबार यो रकम न्यू साउथ वेल्स रुलर फायर सर्भिसेजलाई हस्तान्तरण गरिने संयोजक पोखरेलले जानकारी दिए ।

न्यू साउथ वेल्सको झाडीमा ६० स्थानबाट सुरु भएको आगलागी ४० स्थानमा नियन्त्रणमा आइसकेको छ । यस अवधिमा ३ जनाले ज्यान गुमाइसकेका छन् भने २ सय घरमा क्षति पुगेको अधिकारीहरुले बताएका छन् ।

दाताले तलको लिंकमा गएर सहयोग गर्ने सक्ने छन्।

https://www.gofundme.com/f/lets-fight-against-the-fire-emergency?

http://utm_source=messenger&utm_medium=chat&utm_campaign=p_cp+share-

http://sheet&fbclid=IwAR0E90FoBDy26wh8HwZzWFeE1NE3Mq8QjvER9-EsmsHC2CTD7DaHXt081rU

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *