काठमाडौं – सरकारले नेपाल औषधि लिमिटेडपछि नेपाल मेटलसहित बन्द रहेका अन्य केही सरकारी उद्योग सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ ।
बन्द भएका सरकारी उद्योगमध्ये नेपाल मेटल, हेटौंडा कपडा र ओरियण्ड म्याग्नेसाइट सञ्चालन प्रक्रिया अघि बढाइसकेको उद्योग मन्त्री बविन्द्रराज जोशीले बताए ।
आइतबार सरकारले जिवनजल उत्पादन गरेर औषधि उद्योग सञ्चालन भएको घोषणा गरेको थियो ।






