लन्डन । बहुसांस्कृतिक, बहुधार्मिक, बहुपरम्परा, बहुभाषिक, विविधतामा एकरूपता र अनेकतामा एकतासाथ रमाऊँदै आएका हामी विदेशी माटोमा रहेतापनि आफ्नो संस्कार र संस्कृति कहॉबिर्सन सकीन्छ र। हामी जहाँ रहे पनि यी परम्परा जोगाउने र हाम्रा सन्ततिहरुलाई पनि सिकाउने बुझाउने कर्तव्य हुन आउँछ। त्यसउसले एसवर्षको उज्यालोको पर्व तिहारको अवसरमा बेक्सलि नेपाली समाजले बेक्सलि क्षेत्रमा पोहोरसाल जस्तै यो वर्ष पनि देउसी-भैलो कार्यक्रम आयोजना गरेको थियो।
बेक्सलि नेपाली समाज द्वारा संचालित नेपाली भाषा तथा संस्कृति कक्षा सन्चालन सहयोगार्थ आयोजित उक्त देउसी-भैलो कार्यक्रममा स्थानीय नेपाली समुदायको नीकै ठूलो सहभागीता थियो। २५,२६ र २७ October २०१९ जम्मा ३ दिन सम्म स्थानीय दाज़ू भाई तथा दिदीबहिनीको घर घर जम्मा भै परम्परागत देउसी-भैलो गीत गाउँदै र मादल, खैजड़ि, मजुराको तालमा नाच्दै गर्दा सॉच्चिकै नेपालको झझल्को दिइरहेको थियो।
यो हाम्रो महान सांस्कृतिक पर्बलाई रमाइलो ग़र्ने मात्र नभै समाजसेवा संग जोडेर विदेशमा पनि हाम्रा नानीहरुलाई नेपाली भाषा र संस्कृतिको महत्वलाई बुझाउन नेपाली कक्षा संचालन हेतु बेक्सलि नेपाली समाज यूकेको यो प्रशंसनीय कार्यलाई हामी सबैले धन्यवाद दिनै पर्दछ।
झीलिमिलि झिल्ला,
सेल रोटी मिल्ला
यो घर कत्रो
दरबार जत्रो
…….
केराको ख्म्म्बा
बेक्सलि नेपाली समाज जम्मा
घुम्दै, फिर्दै
बेक्सलि घुमदै। इत्यादि , भट्याउने र सोही तालमा नाचने अनि घरबेटी बा आमाले नाँगलो भरी सेलरोटी चामल फलफ़ूल र वरिपरी पैसाकोनोटले सजाएर देउसी-भैलो समुहलाई दान ग़र्ने यो परम्परा असाध्यै अनुपम छ। एस्तो पुनीत कार्यलाई बेक्सलि नेपाली समाज यूकेले आगामी वर्षहरुमा पनि निरन्तरता दिने छ भन्ने शुभकामना छ।
यो देउसी-भैलो कार्यक्रमको संयोजन कमिटीकै सदस्य तथा Community Relation का सम्योजक हिमाल गुरुंगले गर्नु भएको थियो। उक्त कार्यक्रमलाई सफल बनाउन विशेषरुपमा अधक्ष विजय गुरुंग, उपाधक्षहरु बिन्दु गुरुंग, उमा गुरुंग, महासचिब हरीश ज्ञवाली, सहसचिब केदार थपलिया, कोषाध्यक्ष संजीव सूबेदी, पूर्ब अधक्ष केश गुरुंग, कमिटी सदस्यहरु होम नाथ ज्ञवाली, बिजिता गौतम, प्रवृत्ति अधिकारी, दिपेन सिटौला, पूर्ण रोका, कमल गुरुंग, सलाहकारहरु शिवराम गुरुंग, जनक पोखरेल,आनन्द धरेल अनि हरक्षण खटी रहने लिना गुरुंगलगायत सहभागी सम्पूर्ण सहयोगीहरुको हात रहेको थियो।
देउसी-भैलो कार्यक्रमको पहिलो दिन अधक्ष बिजय गुरुंगले शुरूवात गर्नु भएको थियो भने अन्तिम दिन उपाधक्ष बिन्दु गुरुंगले समापन धन्यवाद ज्ञापन गर्नु भयो। अन्त्यमा महासचिव हरीश ज्ञवालीज्युले देउसी-भैलो बाट संकलित जम्मा रकम £2200 नेपाली कक्षासंचालन र सामाजिक कार्यमा ख़र्च गरिने बताउनु भयो साथै देउसी-भैलो समूह लाई निमंत्रणा गरी आर्थिक सहयोग गर्नुहुने सबैलाई हार्दिक आभार व्यक्त गर्नु भयो।
– होमनाथ ज्ञवालीबाट






