हाम्रो नैतिक विजय भएको छ : कुल आचार्य

तक्दीर अधिकारी
काठमाडौं । गैरआवासीय नेपाली संघको अध्यक्ष पदमा पराजित कुल आचार्यले आफूहरुको नैतिक विजय भएको दाबी गरेका छन् । उनले आफ्ना सहयोगी, मतदाता र शुभचिन्तकलाई हतोत्साहित नहुने आग्रह गर्दै भेला बोलाएका छन् । शुक्रबार साँझ ६:३० बजे अनुपम फुडल्याण्डमा आयोजना हुने भेलाका लागि आचार्यले भनेका छन्-

साथीहरु, चुनावको नतिजा हामीले सोचे अनुसार नआए पनि विचलित नहुनु होला। हाम्रो नैतिक विजय भएको छ। यो अभियानमा सघाउनु हुने सबै साथीहरुलाई धन्यवाद ज्ञापन गर्ने उद्देश्यले आजै बेलुका सबै उम्मेदवार तथा डेलिगेट साथीहरुलाई निम्न स्थान र समयमा उपस्थित भै दिनु हुन हार्दिक आमन्त्रण गर्दछु।
मिति : शुक्रबार, १८ अक्टोबर २०१९ ९ कार्तिक १ गते, २०७६०
समय : बेलुका ६:३० बजे
स्थान : अनुपम फुडल्याण्ड, बत्तीसपुतली, काठमाडौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *