एनआरएनको विश्व सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)अन्तर्राष्ट्रिय समन्वय परिषदको नवौं विश्व सम्मेलन तथा महाअधिवेशन काठमाडौंमा सुरु भएको छ । होटल हायातमा भइरहेको सम्मेलन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नु भएको छ । सम्मेलन ३० गतेसम्म चल्नेछ । संघका महासचिव बद्रि केसीका अनुसार सम्मेलनमा ८१ राष्ट्रका २५ सय प्रतिनिधि सहभागी भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीहरूलाई जन्मभूमिमा लगानी गर्न आहृवान गरेकी छन् । लगानीका लागि आन्तरिक र बाहृय दुवै ढंगले अनुकूल वातावरण सिर्जना भइसकेको भन्दै उनले लगानीका लागि आह्वान गरेकी हुन् ।

‘नेपाल लगानीका लागि अनुकूल हुँदै गएको छ’, आज बिहान गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘आन्तरिक र बाहृय वातावरण लगानीका लागि योग्य रहेकाले ढुक्क भएर लगानी गर्नुस् ।’

राजनीतिक अस्थिरताका कारण विगतमा लगानी असुरक्षित भएको तर्फ संकेत गर्दै राष्ट्रपतिले अब त्यस्तो नहुने बताइन् । लगानी सुरक्षाका लागि सरकारले विभिन्न नीतिगत व्यवस्था गरेको राष्ट्रपतिको भनाइ छ । ‘तपाईंहरूले आर्जन गरेको ज्ञान, सीप, क्षमता र दक्षतालाई नेपालको विकासमा उपयोग गर्नुपर्दछ’, राष्ट्रपतिले थपिन, ‘यसका लागि सरकारले संयन्त्र खडा गरिसकेको छ । यसमा म खुशी छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *