काठमाडौँ, १ असोज । विभिन्न राजनीतिक दलका नेताहरुले संविधानसभाबाट संविधान बन्नु देशको महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ । संविधानसभाबाट पारित संविधानमा हस्ताक्षर गर्ने समारोहमा नेताहरुले उक्त प्रतिक्रिया दिनुभएको हो । प्रतिक्रिया व्यक्त गर्दै पूर्व प्रधानमन्त्री एवम्् नेकपा (एमाले) का नेता माधवकुमार नेपालले संविधानसभाबाट संविधान बन्नु आमनेपाली जनताका लागि अत्यन्तै खुसीको कुरा भएको धारणा राख्नु भयो ।
जनताका सामु संविधानसभाबाट लोकतान्त्रिक संविधान ल्याउने प्रतिबद्धता व्यक्त गरेकामा त्यो साकार हुँदा आफू अत्यन्तै हर्सित भएको उहाँको भनाइ छ । आमनेपाली जनताको हकहितलाई समेटेको यो संविधान प्रगतिशील संविधान भएका कारण आगामी दिनमा पनि असन्तुष्टिहरुलाई सम्बोधन गरेर जान सकिने उहाँले बताउनुभयो ।
नेपाली काँग्रेसका महामन्त्री एवम् उपप्रधानमन्त्री प्रकाशमान सिंहले पहिलो संविधानसभाले संविधान दिन नसके पनि दोस्रो संविधानसभाले संविधान निर्माणलाई निष्कर्षमा पु-याएको बताउनुभयो । नेपाली जनताका अधिकतम आवश्यकता र चाहना संविधानले पूरा गरेको बताउँदै उहाँले केही दलहरुबाट व्यक्त भएको असन्तुष्टि वार्ता र संवादका माध्यमबाट समाधान गर्न सकिने उल्लेख गर्नु भयो । यो संविधान गतिशील संविधान भएका कारण समयसापेक्ष विधि र प्रक्रियाबाट परिमार्जन गर्दै जान सकिने उहाँको भनाइ छ ।
संविधान निर्माण महत्वपूर्ण उपलब्धि






