पारस शाह भन्छन्- ‘राजा बन्न चाहन्न’

Paras-Shahकाठमाडौं- पूर्व युवराज पारस शाहले नेपालको राजा बन्ने आकांक्षा आफूमा नभएको बताएका छन् । फेसबुकमा शुक्रबार स्ट्याटस लेख्दै उनले यस्तो स्पष्टिकरण दिएका हुन् ।

‘म राजा बन्न वा कसैमाथि शासन गर्न चाहन्न । यो कुरा मैले पहिलेदेखि नै भन्दै आएको हुँ र फेरि एकपटक प्रष्ट पार्न चाहन्छु,’ उनले लेखेका छन्, ‘म केवल देशलाई पुन ठीक बाटोमा ल्याउन चाहन्छु ।’ देशलाई ठीक बाटोमा ल्याउन आफूलाई युवा पुस्ता आवश्यक परेको उनको भनाई छ । पुरानो पुस्ताले गर्दा देशको हालत बिग्रेको पनि उनले दावी गरेका छन् । ‘मेरो काम भनेको युवा पुस्तावलाई देश जिम्मा लगाउनु हो,’ उनले लेखेका छन् ।

पछिल्लो समय फेसबुकमा देखिन थालेका पारसकोले उनको स्टाटसलाई धेरैले समर्थन गर्दै प्रतिक्रिया लेखेका छन् ।