ज्योति मगर पछिल्लो समय विभिन्न कारणले विवादमा आईरहने नाम हो । लोक दोहोरि गाउने अनि सांस्कृतिक विकृती फैलाउने भनेर धेरैले आलोचना गरेपछी आजकल त ज्योती नाम र विवाद पर्यावाची जस्तै बनेको छ । सेक्सी तथा हट उपमा पाएकी यीनै गायिकालाई अर्का गायक पशुपती शर्माले छोटो लुगा लगाउने र उत्ताउली बन्ने हो भने गीत नै नगाउन आग्रह गरेका छन् ।
पशुपतीले २/४ गीत आउँदैमा अनि छोटो लुगा लगाउँदैमा गायिका बनेर संगीत क्षेत्रकै बेईज्जत नगर्न उनलाई कटाक्ष समेत गरेका छन् । भने यसको जवाफ फर्काउँदै ज्योतिले तीजको गीत र रत्यौलीमा गाउने नाच्ने नामर्द केटा भनेर बोलिन् । तर यो कुरा यथार्थ नभई हालै सार्वजनिक एक रोईला गीतमा पशुपती र ज्योतिको दोहोरी धम्साघम्सी हुँदा भएको हो ।
पशुपती शर्माको शब्द तथा लय समावेश उक्त गीत एक दोहोरी वारमा खिचिएको छ । जहाँ ज्योती छोटै लुगामा उपस्थित छन् । जहाँ समावेश शब्दहरुले नेपालमा बढ्दो बलात्कारको घनाको पनि बिरोध गरेको छ ।
भिडियो हेर्नुहोसः






