एनआरएन यूकेको मतगणना सुचारु हुँदै, के भयो सहमति ? कसरी मिल्यो कुरा !!

लन्डन  । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको ५ दिन देखि अवरुद्ध मतगणना बिहीबार बिहान १० बजेटबाट सुरु गर्ने सहमति भएको छ । आईसीसी उपाध्यक्ष कुल आचार्यको सक्रियतामा बुधबार राति अबेर बनेको सहमतिअनुसार दुवै पक्ष मत गणनाका लागि सहमत बनेका हो ।

अध्यक्षका दुई प्रत्यासी शेर सुनार र पुनम गुरुङ समूह, निर्वाचन आयोग तथा एनआरएनए केन्द्रिय नेताहरुबीच लामो वार्तापछि बुधवार राती एक बजे सहमति बनेर गणना बिहीवार बिहान १० बजेबाट शुरु हुने भएको हो ।

एनआरएन केन्द्रीय उपाध्यक्ष कुल आचार्य,सहकोषाध्यक्ष सोम सापकोटा,आइसिसी सल्लहकार सुरेन्द्र श्रेष्ठ, एनआरएन यूके निर्वाचन समिति प्रमुख मेजर डमर घले, संरक्षकहरु सुर्य गुरुङ, योगेन क्षेत्री लगायतको उपस्थितिमा दुई पक्षीय बैठक बसेको थियो ।वार्तामा सहभागी एनआरएनए उपाध्यक्ष कुल आचार्यले विवादपछि निवेदन परेका बेजिङस्टोक र ह्यारो बुथको मत छानवीन पछि मात्र अन्तिममा गन्ने सहमति भएको जनाए ।

छानवीन समितिमा कर्नेल यमबहादुर राना, मेजर कृष्ण बहादुर गुरुङ र उमेश मोक्तान छन्। उक्त समितिले विवादपछि निवेदन परेका बेजिङस्टोक र ह्यारो बुथको छानवीन गर्ने छ । स्कटल्याण्ड, नर्दन आयरल्याण्ड र वेल्सको मतगणना भइसकेको छ भने अब बाँकी इंग्ल्याण्डका १० मध्ये बेजिङस्टोक र ह्यारो बुथबाहेकको मत गनिने छ । मतगणना सुचारु गर्न एनआरएनए केन्द्रिय तहबाट पनि लिखित निर्देशन आएको थियो भने बेलायतस्थित केन्द्रिय नेताहरुले पनि सहमतिका लागि प्रयास जारी राखेका थिए ।

गत शनिबार सम्पन्न भएको एनआरएन यूके निर्वाचनको मतगणना अहिलेसम्म पनि हुन सकेको थिएन । अध्यक्ष उम्मेदवार शेर सुनारको समुहले बेजिंगस्टोक बुथमा धाँधली भएको भन्दै यथावस्थामा मतगणना हुन नसक्ने बताउँदै आएको थियो।

एनआरएनए यूकेको नयां कार्यसमिति चयनका लागि गत शनिबार १४ सेप्टेम्बरमा निर्वाचन भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *