एमालेले टिकट नदिएपछि दीपक मनाङेले दर्ता गराए स्वतन्त्रबाट उम्मेवारी

मनाङ– विवादास्पद पृष्ठभूमिका दीपक मनाङ्गे (राजीव गुरुङ) ले मनाङबाट प्रदेशसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
एमालेबाट टिकट नपाएपछि उनले प्रदेशसभाका लागि मनाङ ख बाट स्वतन्त्र उमेदवारी दर्ता गराएका हुन् ।
यसअघि एमाले मनाङ क बाट प्रदेशसभ सदस्यका लागि उनको नाम सर्वसम्मत सिफारिस गरेको थियो । तर, उनको सिफारिसप्रति चर्को आलोचना भएपछि केन्द्रले अन्तिममा नाम काटेको थियो ।
उनले आफूले स्वतन्त्ररुपमै चुनाव लडेर जित्ने समेत दाबी गरेका छन् ।
राप्रपा मनाङका अध्यक्ष रहेका मनाङ्गे केहि पहिले एमालेमा प्रवेश गरेका थिए ।

स्मरण रहोस् मनाङेले स्वतन्त्रबाट उम्मेदवारी दिएपनि एमालेको झण्डासहित जिल्ला निर्वाचन कार्यालयमा मनोनयन दर्ता गर्न पुगेका थिए ।