‘अस्पताल सेवालाई सहज बनाउनुपर्छ’

:jf:Yo dGqL yfkfnfO{ :jfut s~rgk'/sf] eLdbQgu/l:yt dxfsfnL c~rn c:ktfnsf] lg/LIf0f ug{ a'waf/ cfpg' ePsf :jf:Yo dGqL uug yfkfnfO{ :jfut ub}{ c:ktfnsf sd{rf/L . tl:a/M z]/axfb'/ l;+x, /f;;

भीमदत्तनगर- स्वास्थ्य मन्त्री गगन थापाले आज कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालको निरीक्षण गरी त्यहाँको बस्तुस्थितिवारे जानकारी लिनुभयो ।

निरीक्षणपछि अस्पताल प्रशासनद्वारा आयोजित कार्यक्रममा मन्त्री थापाले भन्नुभयो – ‘अस्पताल सेवालाई अझ सहज र जनमैत्री बनाउनु पर्दछ ।’

‘कुनै पनि कोणबाट यो अस्पताल अञ्चल अस्पताल जस्तो देखिएको छैन, त्यसैले यहाँका सेवादेखि हरेक क्षेत्र वा गतिविधीमा सुधारको खाँचो छ’ उहाँले भन्नुभयो– यो अस्पतालको विकास, विस्तार तथा सुधारका लागि स्वास्थ्य मन्त्रालय तयार रहेको छ ।

मन्त्री थापाले सरकारको एक्लो प्रयासवाट मात्र अस्पतालको गुणात्मक सुधार हुन नसक्ने भएकाले यस कार्यमा स्थानीयस्तरबाट पनि सक्रिय सहयोग हुनुपर्ने आवश्कता औल्याउँदै अस्पतालमा देखिएको जनशक्ति अभावलाई हटाउनेतर्फ सरकार लागिपरेको छ भन्नुभयो ।

स्वास्थ्य क्षेत्रका जनशक्ति पदपूर्ति गर्नका लागि आवश्यक प्रक्रिया अगाडी बढाएको बताउँदै उहाँले केही समयमै पदपूर्ति गरिने विश्वास व्यक्त गर्नुभयो ।

अस्पतालका सुपरिटेन्डेन्ट डा शालिग्राम तिवारीले जनशक्ति अभाव लगायत मन्त्रालयबाट प्राप्त हुने बजेट घट्दो गतिमा रहेकाले अस्पताल विकासमा समस्या देखिएकोप्रति मन्त्री थापाको ध्यानाकर्षण गराउनुभयो ।