राष्ट्रपति र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ- भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति विद्या भण्डारीसँग शीतलनिवासमा भेटवार्ता गरेका छन् ।

बिहीबार बिहान जयशंकरले राष्ट्रपति निवास पुगेर शिष्टाचार भेट गरेका हुन् ।

नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन विदेशमन्त्री जयशंकर बुधबार नेपाल आएका हुन् ।

बुधबार नै जयशंकरले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका थिए ।

आज उनले विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

उनी आजै भारत फर्कने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *