भारत भ्रमणको गृहकार्यमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं–प्रधानमन्त्री प्रचण्ड आसन्न भारत भ्रमणको गृहकार्यमा जुटेका छन् ।

३० भदौदेखि हुने भ्रमण मितिलाई आधार बनाएर सरकारले अनौपचारिक रुपमा गृहकार्य अगाडि बढाएको छ ।

प्रधानमन्त्रीको विशेष दूतका रुपमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि दिल्ली गएका बेला ३० भदौदेखि १ असोजसम्मका लागि प्रधानमन्त्रीको भारत भ्रमण मिति तय भएको थियो ।

यद्यपी, सरकारले प्रधानमन्त्रीको भारत भ्रमणको मिति औपचारिक रुपमा घोषणा गरिसकेको छैन ।