लन्डन । गैरआवासीय नेपाली संघ एनआरएनए लक्जेम्वर्गको अध्यक्षमा हरिबहादुर खत्री निर्वाचित भएका छन् । संघको पाँचौं अधिवेशनले खत्रीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
संघको उपाध्यक्षमा बिमलबाबु उपाध्याय, महिला उपाध्यक्षमा सकुन्तला भट्टराई, महासचिवमा यमबहादुर खत्री, सचिवमा विश्वजीतबहादुर थापा, कोषाध्यक्षमा युद्धबहादुर थापा, सहकोषाध्यषमा नारायणप्रसाद दवाडी, महिला संयोजकमा दुर्गा केसी थापा, युवा संयोजकमा नवजीत निउरे चयन भएका छन् ।
यसैगरी सदस्यमा बिष्णु खत्री, चागुनारायन सापकोटा, हिमाल सापकोटा, झलक महत, मञ्जु गोले गुरुङ, प्रेम गोले, सरस्वती थापा, यमबहादुर थापा चयन भएका छन् भने प्रवक्तामा बलहरि राई चयन भएका छन् । आइसीसी सदस्यमा बालकृष्ण सापकोटा निर्वाचित भएका छन् ।






