शिव भण्डारी,
लन्डन । चर्चित हास्य टेलिभिजन सो मुन्द्रे कमेडी क्लब लन्डनमा प्रदर्शन हुने भएको छ । हासौं अनि नाँचौं भन्दै जिएच इएनटीको प्रस्तुति रहने उक्त कार्यक्रमलाई समर कमेडी एन्ड म्युजिकल नाइट नाम दिएको छ ।
कार्यक्रममा मुन्द्रे कमेडी क्लबका सञ्चालक जीतु नेपाल र फुलन्देकी आमा (उमेश राई) लगायतको टोली बेलायत आउदै छन् । युवा पुस्तामा रुचाइएकी गायिका आस्था राउतले सांगीतिक माहोल बनाउने छन् ।
दर्शकको रुचिलाई ध्यानमा राखेर कार्यक्रम दुई स्थानमा आयोजना गरिएको आयोजक जिएच इएनटीका भास्कर राईले जनाएका छन् । अगस्ट ९ शुक्रबार आयोजना हुने उक्त कार्यक्रम अल्टशर्टको एम्पायर हलमा हुनेछ भने दोस्रो कार्यक्रम फोक्सटनको कार्लिफ हलमा अगस्ट १० तारिख शनिबार हुनेछ ।
कार्यक्रम आयोजना हुनुभन्दा अघि नै टिकट काटे १५ पाउन्ड तोकिएको छ । कार्यक्रम स्थलमा उक्त टिकटको मूल्य २० पाउन्ड आयोजकले तोकेका छन् ।






