
कास्की । कास्की जिल्ला प्रहरी प्रमुख एसपी हरिबहादुर पालबिरुद्द गुण्डागर्दी आरोपमा पक्राउ परेका तरुण दलमा आबद्द गुण्डा धनबहादुर छन्त्याललाई हतियार हालेर फसाएको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीमा उजुरी परेको छ । छन्त्याललाई प्रहरीले हतियार हालेर फसाएको भन्दै हस्ताक्षरसहित जिल्ला प्रशासन कार्यालय कास्कीमा स्थानिय वासिन्दाको नामबाट उजुरी परेको हो । स्थानिय आमासमुह सहित दर्जनौको हस्ताक्षरसहित उजुरी परेपछी एसपी पालको गुण्डागर्दी बिरुद्दको अभियान बिबादस्पद बनेको छ । तरुण दलको आबरणमा असुली गर्दै आएको आरोप लागेका छन्त्याल राजधानीबाट पक्राउ परेका थिए । पोखरा ल्याइएका छन्त्यालको घरमा प्रहरीले खानतलासी गर्दा कुटुवा पेस्तोल र सो पेस्तोलमा लाग्ने दुई राउण्ड गोली बरामद गरेको जनाएको थियो ।
तर प्रत्यक्षदर्शीले छन्त्याललाई प्रहरीले हतियार हालेर फसाएको भन्दै हस्ताक्षरसहित जिल्ला प्रशासन कार्यालय कास्कीमा उजुरी बुझाएका हुन् । सुनियोजित तरिकाबाट प्रहरीले पेस्तोल आफ्नै खल्तीबाट झिकेर राखेको दाबीसहित जिल्ला प्रशासन कार्यालय कास्कीमा निर्दोषलाई फसाउने प्रहरीमाथि कारबाहीको माग गर्दै उजुरी दर्ता गरेका छन् । चैत्र ५ दर्ता भएको उजुरीमा छन्त्यालको घर खानतलासी गर्दा प्रहरीले केही अबैध बस्तु नभेटेपछि कटुवा पेस्तोल राखेर मुचुल्का तयार पारी सो मुचुल्कामा स्थानियलाईसमेत हस्ताक्षर गर्न दवाब दिएको उल्लेख छ । त्यस्तै ,ओजन कम्प्लेक्स एण्ड डान्स वारमा प्रहरी जवान भीमबहादुर रानाको टाउकोमा रड हानेको अभियोगमा पक्राउ परी मुद्दा चलाईएका शिवजी गुरुङ उर्फ महेन्द्र भोटे समुहका १३ जना गुण्डाहरु १० हजार धरौटीका दरले छुटेपछी प्रहरीले राजनीतिक दबाबमा कमजोर मिसिल बनाएको खुलेको छ । प्रहरीले तीन जना बिरुद्द भने ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको छ ।
एसपी पालले कास्की छाड्न तयार छु तर प्रहरीको टाउको फुटाल्नेलाई छाड्डिन भन्दै मिडियामा चर्का कुरा गरेका थिए । अर्कोतिर गुण्डागर्दीका नाइके छन्त्यालसँग फोन सम्पर्क र बिदेशमा रहँदा फेसबुकमा नक्कली हतियार पोस्ट गरेको आधारमा प्रहरीले तरुण दलका कार्यकर्ता नरेन्द्र थापालाई समेत पक्राउ गरेर अनुसन्धान गरेको छ । थापा कास्की क्षेत्र नं.३ का सभासद् यज्ञबहादुर थापाका नाती हुन् । प्रहरीले थापामाथि सार्बजनिक अपराधमा मुद्दा लगाएको छ ।
यि गुण्डाहरु किन एसपीको नजरमा पर्दैनन् ?
केही समयअघि लेखनाथ नगरपालिका वडा नं. ८ मा गरिएको जग्गा प्लटिङमा सार्वजनिक जमिन अतिक्रमण गर्ने काण्डमा मालपोतका पूर्वकर्मचारीदेखि धेरै गुण्डाहरुको संलग्नता रहेको सार्वजनिक भएको थियो । युवा संघमा आवद्द राजेश गुरुङ र बिष्णु पुनले आफूमात्र भिड्न सक्ने स्थिति नभएपछि स्थानीय युवाहरुलाई परिचालन गरेर फाईदा लिने गरेका छन् । कसैको जग्गामाथि नसोधिकन डोजर लगाएर बाटो बनाई दिने त कसैको लालपुर्जा हुँदासमेत उपभोग गर्नबाट बञ्चित गराएर तर्साउने काम गर्दा समेत उनीहरुलाई प्रहरीले अहिले सम्म पक्राउ गर्ने आँट गरेको छैन ।त्यसैगरी , आपराधिक एलजी समूहका नाईके ललित गुरुङलाई भने प्रहरीले कुनै कारबाही गरेको छैन । डीएसपी केदार रजौरेले गुण्डाका नाईके ललित र उनको समुहलाई जोगाएको आरोप छ । ललित समुहमा रहेका दिलवहादुर गुरुङ ‘दिले’ प्रशान्त गुरुङ अबैध हतियार देखाएर असुली गरेको अभियोगमा पटक पटक पक्राउ परि छुट्दै आएका छन् ।
यस्तो छ प्रहरीबिरुद्दको उजुरी







