चर्चित बलिउड निर्देशकले भनेः भारतले हार्दा सबैभन्दा खुसी छु

१२ चैत, एजेन्सी ।

भारत विश्वकप क्रिकेटबाट बाहिरिएपछि भारतीय फ्यानहरु निराश छन् । एक प्रकारले भारतीयहरु शोकमा डुबेका छन् । तर बलिउडका चर्चित निर्देशक निर्माता रामगोपाल बर्माले भने भारतले क्रिकेट हार्दा खुसी भएको बताएका छन् ।


ram gopal varma

यस अघिको विश्वकप जितेको टिम विश्वकप सेमीफाइनलमा हारेपछि रामगोपाल बर्माले भने ‘भारतको हारबाट म निक्कै खुसी छु । किन भने म क्रिकेटलाई घृणा गर्छु । सबै भन्दा बढी घृणा त म क्रिकेट मन पराउनेहरुलाई गर्छु ।’

ram gopal varma twitt

राम गोपाल वर्मा आग, निशब्द, रण, सरकार, भूत, अब तक छप्पन जस्ता चर्चित फिल्म बनाएका निर्देशक निर्माता हुन् ।