लन्डन । नेपाली युथ असोसिएसन युकेको आयोजनामा यही ६ जुलाई शनिबारको दिन हुने ग्रीनवीच मेलाको भब्य तयारी हुदैछ। यो बेलायतमै अरु मेला भन्दा भिन्न तरिकाले गरिने आयोजकको दाबी छ। यस मेलाको मुख्य आकर्षण ग्रीनवीच कप फुटबल, निरन्जन खड्काको संयोजकमा भलिबल प्रतियोगिता, पासा पुच: गुथिका अध्यक्ष सुशील प्रजापतिको संयोजकमा नेवारी नाच, शिमी पुनको संयोजकमा प्रतिभा नाछेत्र तथा मनिसा श्रेष्ठको संयोजकमा मिसेस नेपाल युकेको सांस्कृतिक झल्कने नृत्यहरु रहेका छन् भने राष्ट्रिय कलाकार पृति आले र भूमिका गिरीको गरिमामय उपस्थीति रहनेछ ।
तेस्तै गरि अन्तर्राष्ट्रिय कलाकारहरुको पनि बेजोड रुपमा प्रस्तुति हुने सस्थाका सभापति एबम मेलाका संयोजक लक्ष्मण गुरुङले जानकारी दिए । मुख्य अतिथिको रुपमा बेलायतका लागि नेपाली महामहिम राजदुत डा दुर्गा बहादुर सुवेदी र बिसेष अतिथिको रुपमा ग्रीनवीचका मेयर क्रिस्टिन मे को उपस्थिति हुने सह संयोजक तथा नेपाली युथ असोसिएसनका बरिस्ठ उप-सभापति राजन खकुरेलले बताए । विभिन्न समुदायका युवाहरुलाई समेटेर आयोजनाहुने अर्को आकर्षण भने नेपाली समुदयेकै पहिलो पटक सामुहिक रुपमा चंगा चैट खेलिने छ भने नर्सिङ्ग असोसिएसन युकेको नेतृत्वमा स्वाथ्य चेक अप पनि गरिने सस्थाका महासचिब रन्जना राईले बताउनु भयो ।
संस्थाका उप सभापति डा सुदर्सन गुरुङका अनुसार उलवीचस्थित रोयल आर्टिलरी ब्यारेकको फुटबल मैदानमा सञ्चालन हुने प्रतियोगितामा करिब १२ फुटबल टोली र करिब १० भलिबल टोलीको सहभागिता रहने जानकारी दिए । प्रतियोगिताको विजेता फुटबल टोलीले आकर्षक ट्रफी सहित १२०० पाउण्ड नगद प्राप्त गर्नेछ भने उपविजेताले ६०० पाउण्ड नगद प्राप्त गर्नेछ ।भलिबल प्रतियोगिताको विजेता टोलीले आकर्षक ट्रफी सहित १००० पाउण्ड नगद प्राप्त गर्नेछ भने उपविजेताले ६०० पाउण्ड नगद प्राप्त गर्नेछ ।
सस्थाका सस्थापक सभापति हर्री गुरुङ र सस्थापक उप-सभापति प्रसिध प्रधानले बेलायतमा ग्रीनवीचमेलाको छुटै पहिचान भएकाले सभ्य, भब्य र सौहार्दपूर्ण तरिकाले प्रतियोगिता सम्पन्न गराउन बेलायत बासीहरुलाई आग्रह गरे ।
कार्यक्रममा नेपालका विभिन्न संस्कृति र भौगोलिक लोक नृत्यहरू सहितका कार्यक्रमहरु गरिने भएको छ ।






