जर्मनीमा बाशु अर्यालको अध्यक्षतामा बन्यो गोर्खाली समाज-को–को भए सदस्य ?

हेम गुरुङ –लन्डन । 

जर्मनीको फ्रान्क्फार्टमा भएको गोर्खालीहरुको भेलाले बाशु अर्यालको अध्यक्षतामा गोर्खाली समाज जर्मनी गठन गरेको छ । गोरखामा लगानी तथा परोपकारको मूल उद्देश्य राखेर गठन भएको गोर्खाली समितिको उपाध्यक्षमा बन्दना पन्त, महासचिव सुजन थापा, सचिव जिवन ढकाल र कोषाध्यक्ष राधिका खनाल रहेका छन्। सदस्यहरुमा डा. सरोज अर्याल, शारदा देवकोटा, पार्वती फुँयाल, ज्योती चालिसे र तोयानाथ खनाल चयन भएका छन् ।

एनआरएन आईसीसी पूर्वअध्यक्ष जीवा लामिछाने, संस्थापक रामप्रताप थापा, वर्तमान उपाध्यक्ष कुमार पन्त र कृष्ण गौतम सल्लाहकार चयन भएका छन् । भेलामा एनआरएन आईसीसी पूर्वअध्यक्ष जीवा लामिछाने, संस्थापक रामप्रताप थापा, वर्तमान उपाध्यक्ष कुमार पन्त र कृष्ण गौतमलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम गोर्खाली सामाजका अभियन्ता वाशु अर्यालको सभापतित्व र सरोज थापाको सञ्चालनमा भएको प्रथम खुल्ला सत्रमा सरोज अर्यालले युरोपको विभिन्न स्थानबाट आएका अतिथिहरुलाई मन्तब्यमार्फत स्वागत गरेका थिए। त्यस्तै बालकलाकारत्रय कुशल पन्त, समृद्धि पन्त र वर्षा पन्तले एक बाल प्यारोडी गीतमार्फत भेलालाई उर्जा प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *