अछाम, चैत १० – अछाममा भीरबाट लडेर एक जनाको ज्यान गएको छ । मंगलसेन नगरपालीका–३ लाछिमनाका ४६ वर्षका चक्र बोगटीको मंगलबार दिउँसो भीरबाट लडेर ज्यान गएको हो ।
बाख्रा चराउन जंगल गएका बेला नजीकैको गाध्ये भीरबाट लडेर बोगटीको ज्यान गएको आफन्त शेरबहादुर बोगटीले जानकारी दिनुभयो । भीरबाट झण्डै २ सय ५० मिटर तल खसेका बोगटीलाई गोठाला गएकाले देखेपछि आफन्तलाई खबर गरेका थिए ।






