बार्सिलोना, २७ साउन । यस वर्षको युरोपियन सुपर कप फुटबल प्रतियोगिताको उपाधि बार्सिलोनाले जितेको छ । गत सिजनको युएफा च्याम्पियन्स लिग बिजेता बार्सिलोना एवं युरोपा लिग बिजेता सेभियाबीचको भिडन्तमा बार्सिलोना ५–४ ले विजयी भयो । निर्धारित ९० मिनेटसम्म दुबैतर्फबाट ४–४ गोल भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा बार्सिलोनाका पेड्रोले निर्णायक गोल गर्दै टोलीलाई सिजनको सुरुवाती उपाधि दिलाएका हुन् ।
यसअघि निर्धारित समयमा बार्सिलोनाका लागि लियोनल मेस्सीले दुई गोल गरेका थिए भने राफिन्हा र लुईस सुवारेजले एक–एक गोल गरेका थिए । तर सेभियाका बानेगा, रेयेज, गामेरियो र कोनाप्लिङ्काले एक–एक गोल गर्दै खेललाई अतिरिक्त समयमा पुर्याएका हुन् । अतिरिक्त समयमा बार्सिलोनाले बाजी मारेको हो । जितसँगै बार्सिलोनाले सर्वाधिक ५ पटक युएफा सुपर कप जित्ने इटालियन क्लब एसी मिलानको कीर्तिमानमा बराबरी गरेको छ ।
बार्सिलोनालाई युरोपियन सुपर कपको उपाधि






