गगनशिला खड्का
गुल्मी ९ चैत । गुल्मीको इश्मारजस्थल गाविसमा सोमबार दिउँसो करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बारीमा मल छर्ने क्रममा बिजुलीको पोलमा लागेको मल हटाउँन खोज्दा इश्मा रजस्थल गाविस वार्ड नं ८ निवासी १२ बर्षिय सोनु विश्वकर्माको मृत्यु भएको हो । विधुतको पोलमा करेन्ट सर्ट भएर विकको हातमा लागेपछि उनी भुईमा लडेकी थिईन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । साथै मृतक बालिकाको शव देख्न वित्तिकै संगै रहेकी १३ बर्षिय पार्वती विक बहोस भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर एकको मृत्यु






