आगो लागीको क्षति विवरण संकलन

ताप्लेजुङको सरदमुकाममा भएको आगलागीको क्षतिको विवरण संकलनको काम सुरु भएको छ । नेपाली सेना, प्रहरी र जिल्ला प्रशासन कार्यालयको संयुक्त प्रयासमा क्षतिको विवरण संकलन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी डम्बरप्रसाद निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार ठाउँ ठाउँमा अभैm धुँवा आइरहेकोले दमकलको सहायतामा निभाइरहेको र उद्धार कार्य जारी छ । आगलागीमा परी बजारका ३५ देखि ४० वटा घर जल्दा झन्डै ८०÷९० परिवार विस्थापित भएका छन् । तर जिल्ला प्रहरी कार्यालयले भने ३५ वटा घर जलेको र करोडौंको क्षति भएको अनुमान गरिएको छ । क्षतिको सम्पूर्ण विवरण आउन अभैm समय लाग्ने भएको छ ।  हिजो साँझ ७ बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली र स्थानीय बासिन्दाको सहयोगमा राति साढे ९ बजेतिर निभाइएको थियो । आगोको प्रभावलाई रोक्न स्काभेटरसमेतको प्रयोग गरिएको छ । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । यसैबीच, जिल्ला दैवी प्रकोप उद्धार समितिले पीडित परिवारलाई तत्काल राहात उपलब्ध गराउने निर्णय गरेको छ । आज बिहान ७ बजे बसेको समितिको बैठकले क्षतिको विवरण संकलन भइसकेपछि राहात उपलब्ध गराउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी निरौलालले जानकारी दिनुभयो ।