शिव भण्डारी
लण्डन । बेलायतको अग्रणी नेपाली संस्था गुल्मी जिल्ला समाज यूकेको छैठौं अधिवेसनबाट निर्वाचित अध्यक्ष टोप पल्ली रहेको कार्यसमितिले ३५ सदस्यीय सल्लाहकार मनोनित गरेको छ ।
समाजको नवनिर्वाचित कार्यसमितिको गत आइतबार नटिंगहममा सम्पन्न बैठकले सल्लाहकार समिति, विधान समिति तथा ट्रस्टी बोर्डको चयनका साथै कार्यविभाजन र भावी कार्यक्रमहरु तय गरेको हो ।
को को भए सल्लाहकार मनोनित ?
ओमप्रसाद थापा (संस्थापक अध्यक्ष), अर्जुन गौतम (पूर्वअध्यक्ष), राम गलामी (पूर्वअध्यक्ष), दुर्गा पाण्डे, मोतीराज भण्डारी, विनोद ज्ञवाली, केशव भण्डारी, ओम बहादुर गुरुङ, राजन खरेल,फण्डिन्द्र भट्टराई, बालजंग अर्याल, चक्रबहादुर राना, पण्डित प्रेमप्रसाद गैरे, मीन दर्लामी, फत्त थापा,गोकर्ण बस्नेत,कमल भण्डारी,पशुपति भण्डारी,दासुराम पाण्डे,रणबहादुर केसी,क्या.(रिटायर्ड) टमबहादुर ढेगा,बिनप्रसाद भुजेल,राजेन्द्र श्रेष्ठ, सुरेश गौतम,तोयबहादुर थापा, खड्ग रेस्मी, रोमनाथ पाण्डे, झपट भुजेल, डा. विष्णु घिमिरे, ले.क. रिटायर्ड यम राना, काशिराम भण्डारी, ध्रुबराज अर्याल,कोलेशोर (कृष्ण) ढकाल,डिएन खराल र टेक थापा मनोनित भएका छन् ।
समाजका महासचिव बीर बलालले लन्डन नेपाल न्युज संग भने बैठकले नवनियुक्त सल्लाहकारहरुलाई आउँदो जुन २ तारिख एक विशेष कार्यक्रमबीच स्वागत गर्ने निर्णय गरेको छ । त्यसअवसरमा पुरानो तथा नयाँ कार्यसमितिबीचको हेन्डओभर टेकओभर पनि हुनेछ । सोहि दिन आगामी अगस्ट ४ मा हुने वार्षिक भेलाको तयारी बैठक पनि गरिनेछ
समाजको च्यारिटी बोर्डको ट्रस्टीमा कार्यसमितिका अध्यक्ष टोप पल्ली, महासचिव बीर बलाल , कोषाध्यक्ष वरुण भण्डारी र सदस्य शंकर भण्डारीका साथै संस्थापक अध्यक्ष ओमप्रसाद थापा, पूर्व अध्यक्ष राम गलामी र सल्लाहकार बालजंग अर्याललाई नियुक्त गरिएको छ ।
त्यस्तै, सल्लाहकार केशव भण्डारीको संयोजकत्वमा सल्लाहकारहरु प्रेम गैरे, मिन दर्लामी,रणबहादुर केसी साथै उपाध्यक्ष राम सापकोटा, महासचिव वीर बलाल रहेको विधान समिति गठन गरिएको छ ।
समाजले गर्ने विभिन्न च्यारिटीसम्बन्धी कामहरुको संयोजक उपाध्यक्ष तारानाथ भण्डारी,अपांगता दिवस च्यारिटी कार्यक्रमको संयोजक सचिब मञ्जु खरेल तथा सह-संयोजक उपाध्यक्ष रामप्रसाद सापकोटालाई तोकेको छ । अगस्टमा हुने वार्षिक भेला कार्यक्रमको संयोजक महासचिव बीर बलाल र सहसंयोजक उपाध्यक्ष मति पुनलाई चयन गरिएको छ ।
समाजले मिडिया संयोजकको जिम्मा पत्रकार शिव भण्डारी दिएको छ भने ,प्रवक्तामा रुद्र थापा, एडमिन मेम्बर भक्त बलाल, खेलकुद हरि भट्टराई,सांस्कृतिक माया केसी, आईटी संयोजक मुकुन्द खरेल, वेभसाइट संयोजक प्रेम गुरुङ, युवा संयोजक शिव राना र ड्रिंक संयोजक भोजराज भण्डारीलाई चुनेको छ ।
यसै बीच जुन २ तारिक आइतबार लण्डनको ग्रिनविचस्थित माउन्टेन भ्यू रेष्टुरेन्टमा एक कार्यक्रमबीच सल्लाहकारहरुलाई समाजले खादा ओढाएर स्वागत सम्मन गर्ने भएको सचिब मञ्जु भण्डारीले बताइन ।
कार्यक्रममा समाजको भावी कार्यदिशा कस्तो रहने भन्ने विषयमा सल्लाहकारहरुको राय र सुझाव प्रस्तुत गर्ने,सबैको सुझावलाई ध्यानमा राख्दै कार्यसमितिले एक प्रस्ताव तयार गर्ने र त्यसमा आवश्यक छलफलपछि समाजको भावी कार्यदिशा तय गरिने जानकारी अध्यक्ष टोप पल्लीले गराए ।






