एनआरएन यूके युवा संयोजकमा उम्मेदवारी दिने मल्लको घोषणा

लण्डन । गैर आवासीय नेपाली संघ(एनआरएनए) यूकेको युवा संयोजकमा अनिल मल्लले उम्मेद्वारी दिने भएका छन् ।

आगामी सेप्टेम्बर १४ देखि १५ तारिकमा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए युके)पदाधिकारी मध्ये महत्वपूर्ण मानिएको युवा संयोजकमा मल्लेले आकांक्षा देखाएका हुन्।

बेलायतमा नेपाली समुदायमाँझ सामाजिक काममा अग्रपंक्तिमा देखिएका मल्ल  व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय छन् । हाल मोना यूकेको युथ टिममा अध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।

बेलायतमा रहेका युवाका समस्याको समाधान तथा युवाहरुलाई समेटेर नेपाल र नेपालीहरुका लागि  सकारात्मक सोच्ने र आफनो तर्फबाट केही न केही साथ र सहयोग गराउन पहल गर्ने योजना बनाएका छन् ।

उनी निर्देशक रहेको नेप्लिज इन्टरटेनमेन्ट यूकेले अहिलेसम्म नेपालबाट दर्जनौं नेपाली कलाकार ल्याएर कार्यक्रम गर्नुका साथै थुप्रै नेपाली चलचित्र बेलायतमा प्रदर्शन गराएका छन् । यसरी नै वर्षौंदेखि समुदायमा काम गर्ने क्रममा युवाहरुको मन र अग्रजहरुको विश्वास जित्न सफल अनिल बेलायतमा रहेका युवाहरुको चाहनाअनुसार एनआरएन यूकेको युवा संयोजकमा उम्मेदवार बन्ने तयारी गरेको लन्डन नेपाल न्युज लाइ बताए।

मल्ल गैर आवासीय नेपाली संघ(एनआरएनए) यूकेको विगत एक दशकदेखि सदस्य रहेर उनले संस्थाका धेरै कार्यक्रममा स्वयमसेवकका रुपमा ठुलो भुमिका निभाउदै आएका छन् ।विभिन्न च्यारिटी कार्यक्रममा निरन्तर खटिंदै गरेका अनिल  नेपाल पत्रकार महासंघ यूकेको वर्तमान कार्यसमितिका सदस्य पनि हुन्

मल्लले आफ्नो उम्मेदवारीका विषयमा प्रतिवद्दता सहित केही दिनमा पत्रकार सम्मेलनकाे आयोजना गरि उम्मेदवारी घाेषणा गर्ने बताएका छन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *