सिड्नी । अष्ट्रेलियामा आज आम चुनावको मतदान भइरहेको छ । सरकारले सन् १९२४ मा अनिवार्य मतदानको नियम बनाएदेखि अहिलेसम्म ९१ प्रतिशतभन्दा कम मतदान भएको छैन । सन् १९९४ मा यो प्रतिशत बढेर ९६ दशमलव २२ प्रतिशत पुगेको थियो । मतदानलाई अनिवार्य गराउँदा मानिसहरु राजनीति र सरकारको कार्यमा रुचि लिन्छन् भन्ने मान्यता सरकारको छ ।
अष्ट्रेलियामा १८ वर्षभन्दा माथिका नागरिकले मतदान गर्न सक्छन् । तर मतदान नगर्ने नागरिकसँग सरकारले जवाफ माग्ने गर्दछ । सन्तोषजनक जवाफ र उचित कारण भएन भने २० अष्ट्रेलियन डलर जरिवाना तिर्नुपर्छ । अष्ट्रेलियामा प्रत्येक तीन वर्षमा आम चुनाव हुँदै आएको छ । सरकार पनि मतदान बढाउन मतदाताहरुको सुविधामा ध्यान पु¥याउँदै आइरहेको छ । अहिलेसम्म २३ देशमा मतदान अनिवार्य छ ।






