अर्थमन्त्रीले पूर्वअर्थमन्त्री कार्कीलाई अर्थतन्त्रको गति नाप्न सिकाएपछि…

काठमाडौं– बुधबार पूर्वबजेट छलफलका लागि अर्थसमितिको बैठक बोलाइएको थियो । अर्थसमितिले दुइवटा उपसमिति बनाएर तल्लो तहसम्म स्थलगत अध्ययन गरेर बजेट छलफलसम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रम थियो ।

अर्थसमिति सचिव सुरेन्द्र अर्यालले प्रारम्भिक प्रतिवेदनका विषयमा समितिमा सुनाए । त्यसपछि पालै पालो अर्थसमितिका सदस्यहरु बोल्न थाले । सबैको सकिएपछि अर्थमन्त्रीको पालो आयो । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदहरुले भनेको विषय आगामी बजेटमा कार्यान्वयन गर्ने विश्वास दिलाए ।

भनेका कुराहरु कार्यान्वयन गर्न निर्देशन दिनु भन्दै अर्थसमितिलाई खतिवडाले भनेपछि पूर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आफ्नो ‘अनुकुलका चाहि निर्देशन दिनु भन्ने ? सबैको कुरा सुन्नुपर्यो’ भने ।
अर्थमन्त्री बोल्दाबोल्दै पूर्व अर्थमन्त्री कार्कीले रोकेपछि खतिवडाले भने, ‘तपाईँ अर्थमन्त्री हुँदा कतिको कार्यान्वयन गर्नुभयो, अब हामी पनि गरौँला ।’

अर्थतन्त्रले गतिलिने गरी बजेट बनाउनु भनेपछि अर्थमन्त्रीले कार्कीलाई सिकाउँदै भने, ‘यहाँलाई थाहा नभए अर्थतन्त्रको गति नाप्ने भनेको जिडिपी हो । अहिलेको जीडिपि ७ प्रतिशत हो भन्ने थाहै होला ।’
यसअघि पूर्वअर्थमन्त्री कार्कीले बोल्ने पालोमा विज्ञ अर्थमन्त्री भनेर सम्बोधन गरेका थिए ।

सो क्रममा कार्कीले सबै प्रदेशको सन्तुलित विकास हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारको ध्यानाकर्षण गराए ।

सबै प्रदेशको सन्तुलित विकास हुनेगरी बजेट नल्याए त्यसले असन्तुष्टि जन्माउने र त्यो विद्रोहको रुपमा परिणत हुनेतर्फ पनि कार्कीले सरकारलाई सचेत गराए ।

उनले पहुँच र प्रभावको आधारमा नभई जनताको आवश्यकताको आधारमा प्रतिनिधिसभाको सबै निर्वाचन क्षेत्रमा पनि बजेटको व्यवस्था गर्न सरकारसँग माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *