बेलायतमा जन्मियो नेपाली क्रिकेट लिग,राजदूत सुवेदीले गरे उद्घाटन:(भिडियोसहित)

शिब भण्डारी

लन्डन । बेलायतको मिडल्यान्डमा नेपाली क्रिकेट कल्बको जन्म भएको छ । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बलिङ गरेर,गोल्डेन एभरेष्ट क्रिकेट लिगको नटिघममा नैमति बाजाको मंगल धुन संगै एक समारोहका बीच उद्घाटन गर्नु भएको हो।

उद्घाटन समारोहमा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले यो ऐतिहासिक कार्यको थालनी भएको र यस्तो कार्यमा राजदूतका रुपमा उपस्थित हुन पाउँदा खुशी लागेको बताउदै क्रिकेट खेलको उद्घाटनसँगै नेपाली नेपालीबीच एकता शुभराम्भ भएको बताउनुभयो ।कार्यक्रममा विशेष अतिथिका रुपमा दूतावासका थर्ड सेक्रेटरी भूपेन्द्र घिमिरे पनि उपस्थित रहनु भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत डा.सुवेदीले नेपाली भाषा, संस्कृति र परम्परा नबिर्सन आग्रह गर्नुभयो । उहाँले आफ्ना सन्तानलाई नेपाली भाषा बोल्न र राष्ट्रिय गीत गाउन सिकाउन सहभागीसँग अनुरोध गर्नुभयो । मञ्चमा आसिन हुनेहरु राष्ट्रिय पोशाकमा सहभागिता हुँदा कार्यक्रमको रौनक नै बेग्लै हुने कथन राजदूत डा. क्षेत्रीको थियो ।

एभरेस्ट क्रिकेट लिगका संयोजक -नेपाली समाज नटिघमका उपाध्यक्ष दिपक सापकोटा

राष्ट्रिय गानबाट आरम्भ गरिएको उक्त शुभकामना साँझको औपचारिक उदघाटन प्रमुख अतिथिले दीप प्रज्वलन गरेर गरेका थिए ।उद्घाटन कार्यक्रमलाई रमाइलो बनाउन पञ्चे बाजासहित नेपाली राष्ट्रिय कलाकारहरुको बेजोड सांस्कृतिक प्रस्तुति थियो । कलाकार प्रिती आले, दिपासा बिसी (जलपरी) र कृष्ण काफ्लेले सांस्कृतिक प्रस्तुति दिएका थिए । कार्यक्रम दुई सत्रमा आयोजना गरिएको थियो ।

उद्घाटन सत्र सम्पन्न भएपछि दोस्रो सत्रमा गोल्डेन एभरेस्ट क्रिकेट लिगको उद्घाटन समारोहका संयोजक एबम नेपाली समाज नटिघमका उपाध्यक्ष क्रिकेटर दिपक सापकोटाले सर्ब प्रथम ५ टिमका खेलाडीहरुले क्रिकेट लिगमा भाग लिएकोमा धन्यवाद दिँदै गोल्डेन एभरेस्ट क्रिकेट लिगबाट राष्ट्रियस्तरको खेलाडी तयार गर्ने आफ्नो लक्ष्य रहेको बताए । सापकोटाले आफुलाई यतिखेर सम्म सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद  ज्ञापन गर्दै -आगामी दिनमा केहि गर्नु पर्छ सफलता मिल्छ भन्ने गर्व थपिएको भन्दै गर्दा उपस्थित सम्पूर्णले तालि बजाउदै उनको साहसी कार्यको प्रसंशा समेत गरेका थिए ।

हेर्नुहोस — गौरवपूर्ण क्षण : बलिङमा उत्रियो मिडल्यान्ड [लाईभ] गोल्डेन एभरेष्ट क्रिकेट लिग,बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले गर्नु भएको उद्घाटन —

विशेष अतिथिका रुपमा बोल्दै एनआरएन यूके उपाध्यक्ष प्रेम गाह मगरले क्रिकेट लिगलाई शुभकामना मन्तव्यका साथ खेलमा आफ्नो जिबनको अनुभव सुनाउदै प्रतियोगितालाई सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

कार्यक्रममा साझा नेपाली समाज यूकेका अध्यक्ष महेश अधिकारी,नेपाली समाज नटिघमका संस्थापक अध्यक्ष रण केसी, गल्कोट समाज यूकेका अध्यक्ष राजुु कणेल, सेफ एसोसिएसनका अध्यक्ष दधी आचार्य, शान्ती नेपाल समाज यूकेका लीला थापा, सिजनशील लेस्टरका पूर्वअध्यक्ष एबम एनआरएन अभियानता दयानिधि सापकोटाले क्रिकेट लिग प्रतियोगिताको सफलताको शुभकामना दिए ।

यस्तै गोर्खा टाइगर स्पोटर्स क्लब, लेस्टका केशव खत्री, डार्बी नेपाल समाजका हरि भट्टराई, प्रिटरवोरो नेपाली समाजका उपाध्यक्ष रवि आचार्य, हाम्रो नेपाली समाजका अध्यक्ष शिव खराल, सिर्जनशील लेस्टर नेपाल यूकेका अध्यक्ष बलराम चापागाईंलेप्रतियोगिताको सफलताको शुभकामना दिए ।

कार्यक्रममा एनआरएन यूके सचिब तारानाथ भण्डारी सल्लाहकारहरु केशब भण्डारी,पशुपति पोखरेल,साझा नेपाली समाज यूकेका वरिष्ठ उपाध्यक्ष नारायण फुयाँल लगायत विभिन्न संघसंस्थाका प्रमुख र प्रतिनिधिहरु अतिथि थिए ।

नेपाली समाज नटिघमका अध्यक्ष गोविन्द खरेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा समाजका सचिव रविन्द्र शर्माले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम समाजका महासचिव राम पन्थीले सञ्चालन गरेका थिए। कलाकार प्रिती आले, दिपासा बिसी (जलपरी) र कृष्ण काफ्लेले सांस्कृतिक प्रस्तुति दिए पछि उपस्थित सम्पूर्णले सगितको महौलमा कार्यक्रम स्थल थप उल्लासमय रौनकता थपिएको थियो कार्यक्रमको अन्त्यमा रमाईलो रात्रिभोज सम्पन्न भएको थियो ।

 तस्बिरमा पनि हेर्नुहोस:

Leave a Reply

Your email address will not be published. Required fields are marked *