सिड्नी- नयाँ वर्षका अवसरमा सिड्नीमा वृहत् सांगीतिक कार्यक्रम  हुने भएको छ ।

आगामी मे १० तारिखमा १२७ लिभरपुल स्टेडियम न्यू साउथ वेल्समा कार्यक्रम हुन लागेको हो । कार्यक्रम बेलुका ७ बजेदेखि मध्यरातसम्म चल्नेछ आयोजकमध्येका एक विजय शर्मा चापागाईंले जानकारी दिए ।

कमेरो इभेन्ट्सले आयोजना गरेको सांगीतिक कार्यक्रममा द स्याडोस् नेपाल, पुष्पन प्रधान र ब्यान्डसँगै नेपाल आइडलका जज कालिप्रसाद बास्कोटा र सिड्नीमा नै रहेका सुवास जे खरेललगायतको प्रस्तुति रहनेछ ।

कार्यक्रमको व्यवस्थापन स्योन, बिग इभेन्ट्स र रन एन गनले गरेका छन् ।

आगन्तुकका लागि अप्रिल १३ सम्म २३ डलर तोकिएको छ भने त्यसपछि ३० डलर तोकिएको छ ।

फेसबुक कमेन्ट