नि:शुल्क तालिम लिने हो ? ईभेण्टले पाँच हजार महिलालाई तालिमदिँदै छ

काठमाडौं, ७ चैत । दक्ष महिला कामदारहरूको संख्यामा बढाउन व्यवसायी शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट)ले पाँच हजार महिलालाई सीप विकास तालिम प्रदान गर्ने भएको छ ।

EVENTमहिला र पुरुष दक्ष कामदारबीच रहेको सङ्ख्यात्मक असन्तुलनमा बनाउन तालिम प्रदान गर्न लागेको परियोजना उपनिर्देशक गिता घिमिरेले जानकारी दिइन् ।

यस तालिममा १६ देखि ४५ वर्ष उमेर समूहका महिला सहभागी हुन पाउनेछन् । विशेषगरी दलित, लोपोन्मुख, अति सीमान्तकृत तथा सीमान्तकृत जनजाति, अपांग पछाडि परेको क्षेत्रमा बसोबास गर्ने समुदायका गरिब महिलालाई सहभागी गराउने परियोजनाको लक्ष्य छ ।

महिला पुरुष समग्रमा ६४ प्रतिशत रोजगारी रहेको भएपनि महिला भने ३० प्रतिशतमात्र रोजगार छन् ।

युवायुवतीलाई सीपमूलक तालिम दिइने

नेपाली युवायुवतीलाई सीपमूलक तालिम प्रदान गर्ने लक्ष्यका साथ नेपाल सरकार र विश्व बैँकबीचको सम्झौताअनुसार स्थापित इभेन्टले परियोजना अवधि चार वर्ष भित्र ३५ हजार युवायुवतीलाई छोटो अवधिको तालिम प्रदान गर्नेछ ।

तालिम सुविधाविहीन समूहका दलित, लोपोन्मुख, अति सीमान्तकृत तथा सीमान्तकृत जनजाति, पछाडि परेको क्षेत्र र गरिबहरूका लागि लक्षित रहने घिमिरेले बताइन ।

परियोजनाले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारको मागमा आधारित सीपयुक्त, उत्पादनशील र रोजगारमूलक जनशक्ति उत्पादन गरी व्यावसायिक तालिम क्षेत्रको पहुँच र क्षमता अभिवृद्धिमा मद्दत पुर्‍याएको विश्वास लिइएको छ ।

चरणमा १९ हजारलाई तालिम प्रदान गरिरहेको छ भने बाँकी १० हजारलाई पनि चाँडै तालिम दिने परियोजनाको तयारी छ ।
यसअघि परियोजनाले २१ हजार युवालाई तालिम दिएर रोजगारीमा लगाएको छ ।