प्रधानमन्त्री ओलीद्वारा महेश थापाको ‘मरिचिका’ विमोचन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार महेश थापाद्वारा लिखित पुस्तक मरिचिकाको आज विमोचन गरेका छन् ।
प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज सो पुस्तक विमोचन गरेका हुन् ।

आफैं अफ्ठ्यारो स्थितिमा भएका थापाले नेपाली साहित्यमा ठुलो योगदान दिएकोमा प्रधानमन्त्री ओलीले प्रशंसा समेत गरे । ‘महेशजीबाट धेरैले प्रेरणा लिन सकिन्छ । उहाँले देशलाई गर्न सक्ने योगदान लेखेर मात्र हो’ प्रधानमन्त्री ओलीले भने, ‘अरु सशक्तअवस्थामा रहेकाहरुले वहाँको प्रेरणाबाट पनि देशलाई धेरै योगदान गर्नसक्नु पर्दछ ।’

प्रधानमन्त्री ओलीले समाजमा राम्रो काम गर्ने मानिसहरुलाई खुट्टा तान्ने प्रवृति भएपनि त्यसबाट विचलित नभइ आफ्नो लक्ष्यमा अडिग रहनु पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *